+
+
Shares

दार्चुलामा बाढी पहिरो, २ को मृत्यु १ बेपत्ता

नृप रावल नृप रावल
२०७३ असार १७ गते १०:२५

१७ असार, दार्चुला । गए रातिदेखिका अविरल वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा २ जनाको मृत्यु भएको छ ।

deadमृत्यु हुनेमा मालिकार्जुन गाविस वडा ८ का अन्दाजी २५ वर्षीय वशन्ती धामी र सर्मोली गाविस वडा नं ४ का ७२ वर्षीय चन्द्रदेव पन्त रहेेका छन ।

बिहीबार राति परेको अविरल वर्षाका कारण घरमाथि बाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख डिएसपी सुशील सिंह राठौरले जानकारी दिए ।

यस्तै अपी नगरपालीका वडा १७ काकडामा पहिरोले घर पुर्दा एक महिला बेपत्ता भएकी छिन् । स्थानीय प्रेम सिंह महराकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता महिलाको नाम भने खुल्न सकेको छैन । यसै गरी पहिरोकै कारण भारतसँग सिमानाका जोडीएको जौैलजिवी प्रहरी चौकी भवन समेत पहिरोको उच्च जोखीममा रहेको छ ।

तस्वीरः कपुर धामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?