कमल-गुराँस मिलाउने सपना नदेख ।
धर्ति-आकास मिलाउने सपना नदेख ।
ढुङ्गामा मुटु खोज्दै, फुल भने निमोठेर
पत्थर-सुवास मिलाउने सपना नदेख ।
आफु निडर बन्छ्यौ, मलाई भय देखाउँछौ
अमन-संत्रास मिलाउने सपना नदेख ।
जुनेलिमा निदाएर, औंसिमा ब्युझिएर
रात्री-प्रकाश मिलाउने सपना नदेख ।
मिठो माया माग्छ्यौ, आफू टर्रो बन्छौ
तिक्त-मिठास मिलाउने सपना नदेख ।
Follow Twitter: @sathirabin
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4