Comments Add Comment

गजल- सपना नदेख

rabindra-ghimireकमल-गुराँस मिलाउने सपना नदेख ।

धर्ति-आकास मिलाउने सपना नदेख ।

 

ढुङ्गामा मुटु खोज्दै, फुल भने निमोठेर

पत्थर-सुवास मिलाउने सपना नदेख ।

 

आफु निडर बन्छ्यौ, मलाई भय देखाउँछौ

अमन-संत्रास मिलाउने सपना नदेख ।

 

जुनेलिमा निदाएर, औंसिमा ब्युझिएर

रात्री-प्रकाश मिलाउने सपना नदेख ।

 

मिठो माया माग्छ्यौ, आफू टर्रो बन्छौ

तिक्त-मिठास मिलाउने सपना नदेख ।

Follow Twitter: @sathirabin

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment