बलिउड नायिका करिना कपुर गर्भवती भएको खबर लामो समयदेखि मिडियामा आइरहेको थियो । तर, करिनाले न यो कुरा स्विकार गरेकी थिइन् न त अस्विकार नै । उनले आमा बन्न पाउँदा एक विवाहित महिला सधै खुशी हुने बताएकी थिइन् ।
तर, अब भने करिना गर्भवती भएको पुष्टी उनका पति सैफअली खानले नै गरेका छन् । सैफले करिना गर्भवती रहेको बताउँदै डिसेम्बर महिनामा बच्चाको अपेक्षा गरेको बताएका छन् ।
सैफले नै यो कुरा स्विकार गरेपछि, बलिउडकी हटकेक नायिका आमा बन्ने पक्का भएको छ । करिना र सैफ केहि हप्ता अगाडि लण्डन घुम्न गएका थिए । सो समयमा भारतीय मिडियाले करिनाले बढ्दै गरेको पेट लुकाउन विदेश यात्रा तय गरेको भन्दै समाचार लेखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4