Comments Add Comment

रौतहटमा ९ वर्षीया बालिका बलात्कृत

Rape

१९ असार, रौतहट । रौतहट सदरमुकाम गौरमा ९ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

शनिवार साँझ घरभन्दा पश्चिमपट्टी रहेको नदी किनारमा घाँस लिन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा गौर नगरपालिका १० का १८ वर्षीय शंकर साहलाई प्रहरीले पक्रेको हो ।

नदी किनारमा रहेकी बालिकालाई ललाई फकाई साहले बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

बलात्कार पछि फरार भएका साहलाई प्रहरीले रौतहटको मठिया महुलियाबाट आइतबार बिहान पक्राउ गरेको हो । साह गाउँ छोडेर भाग्न लागेका बेला सिमानाको गाउँबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बलात्कृत बालिकाको जिल्ला अस्पताल गौरमा प्रहरी निगरानी मै उपचार भइरहेको र बालिकाको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताए । बालिकाको स्वास्थ्य परीक्षणले पनि बलात्कार पुष्टी भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि आइतबारै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको र जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताए ।

यसअघि पनि ११ जेठमा रौतहट कै चन्द्रनिगाहपुरमा एक ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । विगत केही महिना यता रौतहटमा बलात्कारका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment