Comments Add Comment

महिलाहरु किन बन्दैछन् आक्रामक र अपराधी ?

crime by womenअपराधको दुनियामा सधै पुरुषकै बोलवाला रहने गरेको छ । तर पछिल्लो एक तथ्यांकले भने अब महिलाहरु पनि आपराधिक मोर्चामा पुरुषहरुसँगै काँधमा कदाँध मिलाउँदै अघि बढ्न थालेको देखाएको छ ।

सन् १९९९ दखि २००० र सन् २००७ देखि २००८ को बीचमा महिला अपराधीको संख्या दोब्बर भएको छ । बेलायत र वेल्सका जेलहरुमा सन् १९९३ देखि २००५ को बीचमा महिला अभियुक्तहरुको संख्या ३ गुणाले बढेको थियो । यद्यपि हाल उक्त संख्यामा कमी आएको छ  । तर नब्बेको दशकको तुलनामा ती बेलायत र वेल्सका जेलहरुमा दुइ हजार बढि महिला अपराधीहरु छन् ।

विश्व इतिहासका कालखण्डमा विभिन्न महिगलाहरुले हिंश्रक गतिविधि गरेको पढ्न पाइन्छ । तर महिलाका यस्ता गतिविधि पुरुषहरुको तुलनामा कम हुन्छन् । विश्वमा हुने आपराधिक घटनामा अहिले पनि ८० प्रतिशत हिस्सा पुरुषकै हुने गरेको छ ।

तर पछिल्लो समयमा महिलाहरुमा हिंश्रकता तथा आपराधिकता बढ्दै गएको  शोधकर्ताहरु बताउँछन् । समाजशास्त्रीहरुका अनुसार महिलाहरुको स्वतन्त्रताको नारासँगै उनीहरुमा आक्रामकता पनि बढेको छ । महिलाहरुको हातबाट हुने अपराधका घटनामा बढोत्तरी हुनुको एउटा मुख्य कारण यो पनि हो ।

बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक फ्रान्सिस हिडेन्सन भने महिलाहरुहरुले गर्ने अपराधमा वृद्धि भएको भएपनि त्यो अहिले गरिएको होहल्ला जस्तो स्तरमा नपुगेको बताउँछन् ।

प्रायः महिलाहरुले आफ्नै चिनेजानेका मानिसहरुको विरुद्धमा अपराध गर्दछन् । र, उनीहरुको अपराधका सिकार बच्चा, अपांग तथा वृद्धहरु हुन्छन् । उनीहरु लुकेर अपराध गर्दछन् । आफ्नै हातबाट अपराधकर्म गर्ने मात्र होइन धेरै महिलाहरु ऋपराधमा रमिते तथा मतियार समेत बन्दछन् । विभिन्न खाले आतंकवादी घटना, मानव तथा लागु औषध तस्करी, हत्या लगायतका संगठित अपराधमा समेत महिलाहरु पुरुष अपराधीसँग मिलेर काम गर्ने गरेको पाइएको  छ।

women in jailअनौठो त के भने महिलाहरुमाथि हुने हिंसाहरुमध्ये अधिकांस त महिलाबाटै भएका हुन्छन् । त्यस्तै घरभित्र बच्चाहरुमाथि हुने यौन अपराधका घटनामध्ये १० देखि २० प्रतिशत घटनाको पछाडि महिलाको हात गरेको हुन्छ ।

बेलायतमा एक वर्षभन्दा कम उमेरका शिशुहरुको हत्याका अधिकांस घटनामा महिलाकै हात रहेको पाइएको छ ।

मनोवेत्ताहरुका अनुसार महिलाहरु हिंश्रक तथा अपराधी बन्नुका पछाडि प्रायः घरेलु हिंसा प्रमुख कारकतत्वको रुपमा रहेको हुन्छ । बाल्यकालमा विभिन्न खाले हिंसा भोगेका महिलाहरु पछि गएर आपराधिक मनोवृत्तिका बन्ने गरेको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment