Comments Add Comment

बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा, सुवास र अनिलको पुनरागमन

cricket team(1)२० असार, काठमाडौं । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम हेरिरहेको छ । र, नेपाली टोली टिम छनौटका लागि प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आईसीसी प्रतिनिधि राजु बैंकटपति रहेको टिम बनाइएको थियो ।

छनौट समितिले सोमबार १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने नयाँ अनुहारका रुपमा विक्रम शोव आएका छन् । सुवास र अनिल ब्याट्सम्यान हुन् भने विक्रम मिडियम पेश वलर हुन् ।

टोलीका अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा परेका छन् । यसअघि टोलीमा रहेका ब्याट्सम्यान नरेश बुढायर र बल सुशन भारी भने बाहिरिएका छन् ।

नेपाली टोली असार २७ गते (११ तारिख) बेलायत जानेछ र, १९ तारिखमा मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्डस्मा खेल्नेछ । अन्य स्थानीय टोलीसँग खेल्ने तय भएको छ ।

बेलायत भ्रमणलाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment