फ्रान्समा जारी युरोकपको सेमिफाइनलका खेलहरु आजबाट सुरु हुँदैछ । जसमा पहिलो सेमिफाइनल खेलमा पोरचुगल र वेल्स खेल्दैछन् ।
आजको खेलमा एक खेलको कारबाहीमा परेका वेल्सका आरोन राम्सेको स्थानमा एण्डी किङले टोलीको प्रतिनिधित्व गर्ने भएका छन् ।
वेल्स प्रशिक्षक क्रिस कोलम्यानले राम्सेको स्थानमा किङलाई खेलाउने निर्णय गरेका हुन् ।
बेल्जियम बिरुद्धको क्वाटरफाइनलमा प्रतियोगिताको दोस्रो पहेँलो कार्ड पाएका राम्सेले आजको खेल गुमाएका हुन् । राम्सेले करिअरकै सबैभन्दा ठूलो खेलमा आफु खेल्न नपाएकोमा पश्चाताप व्यक्त गर्दै आफ्नो टोलीमा विश्वास रहेको प्रतिक्रिया यसअघिनै दिएका थिए ।
राम्सेसँगै वेल्सको टोलीबाट डिफेण्डर बेल डेभिसले पनि आजको खेल गुमाउनेछन् । वेल्सले उनको स्थानमा जेम्स कोलिन्सलाई खेलाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4