Comments Add Comment

३ महिनामा २ फिल्म हिट, अब कसले उकास्ला चलचित्रको बजार ?

nepali movie
असार ३१ गते रिलिज हुने २ चलचित्र ‘नमस्ते नेपाल र जीस्म’लाई छाड्ने हो भने ३ महिनामा नेपाली चलचित्रको व्यापार निराशजनक देखिएको छ । यो महिना कुनै पनि चलचित्र हिटको दर्जामा देखिएका छैनन् ।

असार ३ गते चलेको ‘कम्पन’ पूर्ण असफल भयो भने असार १० गते चलेको ‘लुकामारी’को व्यापार औषत देखियो । अर्को चलचित्र ‘रिलेशन’ले पनि नेपाली बजारमा असफल व्यापार गर्‍यो । असार १७ गते चलेका ४ चलचित्रको अवस्था त झनै दयनिय देखिएको छ । ‘तीन घुम्ती’देखि ‘सूर्या’सम्म सबै असफल भए ।

नेपाली चलचित्रले यो साता बलिउड चलचित्र ‘सुल्तान’को दबदबा पनि सहनुपर्‍यो । असफल भएपनि शुक्रबारसम्म टिक्ने नेपाली चलचित्रलाई वुधबार नै हलवालाहरुले हटाइदिए । सिंगलदेखि मल्टिप्लेक्स पर्दामा यी चारै चलचित्र हटिसकेका छन् ।

वैशाख र जेठ महिनाको आँकडा हेर्दा पनि ‘कालो पोथी’ र गाजलु’ बाहेक कुनै चलचित्रले लगानी उठाएका छैनन् । वैशाख महिनामा ‘हाउ फन्नी र के म तिम्रो होइन र’को व्यापार तुलानात्मक रुपमा माथि थियो तर पूर्ण सफल भने होइन ।

यसरि, हेर्दा ३ महिनामा प्रदर्शनमा आएका अधिकांश चलचित्र असफल भएका छन् । केहिले औषत व्यापार गरेका छन् तर धेरैको लगानी २० प्रतिशत पनि उठेको छैन ।

यस्तो अवस्थामा अब नेपाली चलचित्र बजार तताउनका लागि कुन चलचित्र आउँछ भन्ने प्रतिक्षा धेरैलाई छ । यो बर्ष नेपाली चलचित्र हिन्दी चलचित्रको दबदबाबाट ग्रसित हुनुपर्ने अवस्था छ ।

साउन २८ गते प्रदर्शन हुने भनिएको नायक विराज भट्टको चलचित्र ‘जय पर्शुराम’ यो मितिमा आउने संभावना छैन । यो मितिमा २ ठूला हिन्दी चलचित्रको बोलबाला हुने देखिएको छ । भदौ महिनामा आशातित चलचित्र रिलिज हुँदैछन् । यसले पनि नेपाली चलचित्रको मार्केट केही उकासिने आशा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment