
२३ असार, ओखलढुंगा । करेन्ट लागेर एकजनाको ज्यान गएपछि ओखलढुंगाको हर्कपुर क्षेत्र बिहीबार तनावग्रस्त बनेको छ ।
रोपाईं गर्न जाने क्रममा करेन्ट लागेर हर्कपुर-४ बस्ने फडिन्द्र दाहालका २५ वर्षीय छोरा सुमनको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन् ।
गोरु लिएर खेतमा रोपाई गर्न जाने क्रममा निर्माणाधीन मोलुङखोला हाइड्रोपावरको करेन्ट लागेर सुमन र एउटा गोरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी नायव निरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिए ।
हाइड्रो पावर निर्माणका क्रममा चलाइएको जेनेरेटरको अर्थिङ कुलोमाथि गाडेको र कुलो हुँदै जाने क्रममा दाहाललाई करेन्ट लागेको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।
घटनापछि स्थानीले निर्माण कम्पनीको लापरबाहीका कारण घटना भएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । स्थिति सामान्य पार्न प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीसहितको सरकारी टोली घटनास्थल पुगेको छ । प्रजिअ अधिकारीको उपस्थितिमा दुबै पक्षबीच छलफल जारी छ ।
सात मेगावाट क्षमताको मोलुङ हाइड्रो पावर निर्माणाधीन अवस्थामा छ ।
प्रतिक्रिया 4