Comments Add Comment

नेपालको गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा छैनः जोली

Bijay-Jolli२४ असार, काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौंमै भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा जोलीले भने,’ नेपालको संविधान नेपालीले नै बनाएका हुन । त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन् ।’

उनले अघि भने, ‘मधेसीहरुले सीमानाकामा धर्ना गरेकोले आपूर्ति हुन नसकेको हो । यसकै आधारमा नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत हो । नेपालको गतिरोधको साँचो दिल्लीमा होइन, काठमाडौंमै खोज्नु पर्छ ।’

जोलीले नेपाल र भारत सम्बन्धमा राजनीतिक एवम कूटनीतिक स्तरमा कुनै गतिरोध नभएको दाबी गरे ।

भारत नेपाललाई टुक्राउन चाहन्छ भनि नेपालका राजनीतिक दलहरुबाट आएका वक्तब्य भ्रामक भएको भन्दै उनले मतभेद उत्पन्न गर्ने वक्तव्यलाई अस्विकार गर्नु पर्ने धारणा राखे । उनले भने, ‘भारत स्थिर, बेलियो, आत्मनिर्भर, प्रगतिशील र शान्तिपूर्ण नेपाल चाहन्छ । नेपाललाई पीडा हुँदा नयाँ दिल्लीमा हामीलाई पनि दुख्छ ।’

भारतीय जनता पार्टीका नेता जोलीले मधेसको समस्या वार्ता र सम्वादकै बाटोबाट हल गर्नु पर्ने बताए । उनले भने, ‘मधेस- पहाड जहाँ बसेपनि पहिला उनीहरु नेपाली हुन् भन्ने हामी मान्छौं, त्यसैले नेपालको समस्या नेपालीले नै हल गर्नुपर्छ । भारत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दैन ।’

नेपालमा कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णय हुनुपर्ने भन्दै आफू भारतीय हिन्दु भएको नाताले नेपाली हिन्दुहरुसँग मन र हात मिलाएर अघि बढ्न पाउँदा खुसी हुने बताए । ‘मलाई हिन्दु हुनुमा गर्व छ । नेपालमा पनि ९० प्रतिसत हिन्दु छन् । नेपालका विभिन्न प्रदेशहरुबाट हिन्दु राष्ट्रको माग उठिरहेको छ र यहाँ नेताहरुलाईपनि यो कुरा राम्ररी थाहा छ’ उनले भने, ‘तर, यहाँ कुन धर्म अपनाउने नेपाली जनताको निर्णयले हुने कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment