२६ असार, काठमाडौं । सरकारी अनुगमन टोली आइतबार क्षेत्रपाटीमा पुगेपछि सो क्षेत्रका औषधि व्यवसायीमा भागाभाग भएको छ । अनुगमन टोलीलाई देखेपछि सटर बन्द गरिएको मेडिकलहरूमा शिलबन्दी गरिएको छ ।
आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, वाणिज्य विभाग, औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले आइतबार क्षेत्रपाटी क्षेत्रका औषधि पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमन टोलीले इखा पुखु र बजगाइ मेडिकलहरूमा शिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी बजार संरक्षण अधिकृत शिला सापकोटाले अनलाइनखबरलाई जानकारी दिइन् ।

इखा पुखु, बजगार्इँ, रितेश लगायत अधिकांश मेडिकल पसल धनीहरु अनुगमन टोलीलाई देख्नेवित्तिकै सटर बन्द गरेर भागेका थिए । बन्द गरेर भागेकालार्इ शिल गर्न थालेपछि रितेस फर्मासिटिकल्सका सञ्चालकले भने पसल खोलेका थिए । क्षेत्रपाटीका इखा पुखु फर्मासिटिकल्स र बजगार्इँ फर्मासिटिकल्सलार्इ अनुगमन टोलीले शीलबन्दी गरी तीनदिनभत्रि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा प्रष्टिकरणसहिउ उपस्थित हुन अनुगमन टोलीका संयोजक श्रीप्रसाद अधिकारीले निर्देशन दिए ।
टोलीले क्षेत्रपाटीमा सुगम, एमएच र फेम्जा फर्मास्यूटिकल्समा मात्र अनुगमन गर्न भ्याएको थियो । ती संस्थाहरूमा सरसफाइमा कमजोरी देखिएकाले विभागले सुधारका लागि निर्देशन दिएको छ ।
औषधि व्यावसायी संघमार्फत् अनुगमनमा आउनुपर्ने धारणा राखेका छन् । संघका केन्द्रिय सदस्य रामेश्वर श्रेष्ठले सरकारले व्यवस्थितरूपमा अनुगमन गर्नुपर्ने बताए ।
क्षेत्रपाटीपछि अनुगमन टोली टिचिंग अस्पतालस्थित संग फर्मामा पुगेको थियो । सो फर्मामा असाध्यै फोहोर भेटियो । अनुगमन टोलीले अाैषधिजस्तो संवेदनशील कुरालार्इ यसरी फोहोर नराख्न निर्देशन दियो । त्यसैगरी, टिचिंगकै वेल्फेयर फर्मासिटिकलमा पनि टोलीले अनुगमन गरेको छ । सो सलमा कुनैपनि कैपफिउयत नभेटिएको अनुगमन टोलीका संयोजक अधिकारीले बताए ।
टिचिंगपछि अनुगमन टाेलीले चावहिलमा रहेकाे चारू मेडिकल सेन्टरमा पुग्यो । सो पसलमा अनुगमनकाे क्रममा टाेलीले मेडिकलबाट डाक्टरकाेबिना सिफारिस बिक्री गर्न नपाईने अाैषधी बिक्री वितरण र विवरण पनि स्पष्टनराखेकाे भन्दै सिलबन्दी गर्दै विभागमा तीन दिन भित्र स्पष्टीकरण पेशगर्न निर्देशन भएकाे छ।
त्यसैगरी, अनुगमन टाेलीले मेडिकल क्लाेनाज, लाेरी , जाेलियम, क्लाेजेप जस्ता लागू अाैषधी जपत गरेकाे जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत सिला सापकाेटाले जानकारी गराईन। साथै मेडिकलले अाैषधी बिक्रि वितरण गर्दा खरिद कर्ताकाे नाम पनि लेखन्ने नगरेकाे फेला परेकाे हाे।
अनुगमनमा अापूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन, उपभोक्ता वादी, स्वास्थविभाग र मन्त्रीका स्वकिय सचिवालयका प्रतिनिधित्व रहेका थिए। साथै टाेलीले टिचिङ अस्पताल अगाडि रहेकाे संगअाैषधी, वेयलफेयर्स अाैषधि, र चावेलमा रहेकाे अदिप समेत सरसफाईमा ध्यान दिन निर्देशन भएकाे छ।
अाैषधिमा लापरबाही गर्नेलार्इ कुनैपनि हालतमा कानूनी दायरामा ल्याएरै छाड्ने अनुगमन टोलीका संयोजक अधिकारीले बताए ।