Comments Add Comment

सहमति गर्नेहरू भद्र हुन सकेनन्ः प्रचण्ड

Prachanda_3२७ असार, काठमाडौं  ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  भद्र सहमति गर्नेहरु  नै अभद्र रुपमा प्रस्तु भएको कारण वर्तमान सत्ता गठबन्धनमा समस्या आएको बताएका छन् ।

केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा अध्यक्ष प्रचण्डले एमालेसँग भएको सहमति कार्यान्वयन नभएकोले सत्तागठबन्धन संकटमा परेको बताए ।

बैठकमा प्रचण्डले भने भद्र सहमति गर्नेहरू भद्र हुन सकेनन् नौबुँदे सहमति कार्यान्वयन हुन सकिरहेको छैन । उनले भने ‘शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउने, पुनर्निर्माणको काम केही भएको छैन । मधेसको समस्या हल गर्नेतर्फ सरकारको चासो र गाम्भीर्यता देखिँदैन । ‘

उनले पार्टी पिबीको निर्णय राष्ट्रिय सहमतिको सरकार बनाउने भन्ने भएकाले अाफू त्यसतर्फ लागेको बताए । तर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओली नै इच्छुक नदेखिएको उनको अारोप छ । उनले भने ,’अब एकपटक प्रधानमन्त्रीको धारणा बुझौँ र त्यसपछि सरकारका विषयमा ठोस निर्णयमा पुगौँं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment