Comments Add Comment

निर र अञ्जनाको प्रेममा बन्ने भयो ‘निराञ्जना’, २ फिल्ममा एउटै अनुहार खोज्दै विकास

niranjana geet recording
निर्देशक विकास आचार्यले नयाँ चलचित्र ‘निराञ्जना’को गीत रेकडिङ सुरु गरेका छन् । बसन्त सापकोटाले ३ गीतमा संगीत दिएका छन् । विकास यसपटक चलचित्र ‘निराञ्जना र समर लभ’लाई एकसाथ बनाउने तयारीमा छन् ।

उनले भने-‘दुबै चलचित्रलाई एकसाथ लैजानुपर्ने अवस्था छ । तर, सुरुमा ‘समर लभ’को छायांकन हुन्छ ।’ चैत्रको अन्तिम साता ‘समर लभ’ रिलिज गरेपछि ‘निराञ्जना’ रिलिज गर्ने उनले बताए । निर र अञ्जनाको प्रेमकथामा ‘निराञ्जना’ बन्ने विकासले बताए । यसपटक हङकङबाट एक निर्माताले चलचित्र निर्माणको अफर गरेकाले विकास ब्यानर बाहिर काम गर्दैछन् । यसैले उनले २ चलचित्रको छायांकन सँगसँगै लैजाने योजना बनाएका हुन् ।

चलचित्र ‘समर लभ’मा भने पुष्पन प्रधानको संगीत रहनेछ । चलचित्रलाई मुष्कान ढकालले निर्देशन गर्दैछन् । विकासले दुबै चलचित्रको काम अगाडि बढाएपनि कलाकार भने पाएका छैनन् । विकास भन्छन्-‘दुबै चलचित्रमा नायक र नायिका एउटै हुनेछ ।’

नायकका रुपमा नारायणगढका एक यूवालाई खेलाउने सोच बनाएका विकासले यूवती भने पाएका छैनन् । यसपटक दुबै नयाँ अनुहार लिएर २ वटा चलचित्र एकसाथ बनाउने उनको योजना छ ।

उनले नायिका बन्न चाहनेले आफूलाई सम्पर्क गर्न चाहने पनि बताए । असोजको पहिलो साताबाट चलचित्रको छायांकन सुरु गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment