२८ असार, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डलाई पहिलो चरणमा केही समयका लागि प्रधानमन्त्री बनाउने प्रतिवद्धता पत्र नेपाली कांग्रेसले पठाइसकेको माओवादी नेता कृष्णबहादुर महराले खुलासा गरेका छन् ।
‘पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कांग्रेसको पत्र हामीले पाइसकेका छौं,’ मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘कति समयका लागि बनाउने भन्ने हामी छलफलमै छौं, सायद भोलि कांग्रेसले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिन्छ होला ।’
केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा महराले पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।
प्रचण्डले केही समय प्रधानमन्त्री चलाउने र त्यसपछि देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी कांग्रेससँग छलफल अघि बढेको माओवादी नेताहरुले बताएका छन् ।
मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजी भने उपस्थित थिएन् ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4