३० असार, काठमाडौ । सरकारले आगमी वर्षदेखि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने घोषणा गरेपछि बृद्धभत्ता कति बितरण गर्ने भन्नेमा अन्नयोल देखिएको छ ।
केन्द्रीय पञ्जीकरण विभागका अनुसार अहिलेसम्म बृद्धभत्ता मासिक ५ सय रुपैयाँ पाएका छन् भने औषधि खर्चबापत ५ सय रुपैयाँ । बजेटलेघोषणा गरेको दोब्बर भत्ताको ५ सय रुपैयाँ मौ हो कि औषधि उपचार खर्चको ५ सय रुपैयाँ पनि हो भन्नेमा अन्योल देखिएको हो ।
दोब्बरको आधार भत्ताको ५ सय रुपैयाँलाई मात्रै मान्ने कि औषधि उपचारवापत पाउने ५ सयलाई पनि मान्ने भन्नेमा अन्योल देखियो, विभागका उपसचिव शालिकग्राम रिमालले भने , भत्तालाई मात्रै आधार माने मासिक भत्ता १ हजार ५ सय हुन्छ, दुवैलाई आधार माने २ हजार रुपैयाँ पुग्छ । अाजकाे काराेबार दैनिकमा समाचार छ ।
भत्ता बढाउनु अघि पर्याप्तगृहकार्य नुहँदा यो अन्योल देखिएको उनले बताए । यस वर्षसम्म बृद्ध भत्ताबाहेक लोपोन्मुख आदिवासी जनजाति र एकम महिलालाई मासिक ५ सय रुपैयाँ भत्ता दिदै आएको छ ।
प्रतिक्रिया 4