Comments Add Comment

एक सातादेखि ग्राउन्डेड निगमको बोइङ मर्मतपछि उड्यो

Nepal_Airlines_Boeing_757

३० असार, काठमाडौँ । एकसाता अगाडि  ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ । यो विमानले गएराति ११:४९ बजे यात्रु बोकेर मलेसिया उडान भरेको हो ।

बोइङ ७५७ जहाजको प्राविधिक मर्मतपछि उडान सुरू गरिसकेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । प्राविधिक समस्या देखिएपछि यो विमान गत बिहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड थियो ।

निगमको अर्को बोइङ ७५७ विमानको इञ्जिन नै मर्मत गर्न नसक्ने गरि बिग्रिएर ग्राउन्डेड छ । यो विमान उडाउन नसक्ने भएपछि निगमले कबाडीमा बिक्री गर्ने तयारी थालेको छ । दुबै बोइङ निगमका निकै पुराना जहाज हुन् ।

युरोपबाट हालै भित्राइको दुर्इवटा एयरबसमध्ये एउटा एयरबस पनि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छ । गत शुक्रबार हङ्कङका लागि उड्ने क्रममा त्रिभुवन विमानस्थलको धावनमार्गमा चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनमा समस्या भएको थियो । यो जहाज को इञ्जिन मर्मत गरेर २/३ दिनभित्र उडान सुरू गर्ने निगमले बताएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग ४ वटा विमान भएपनि तीनवटा जहाज ग्राउन्डेड हुँदा निगमले एक सातासम्म एउटामात्र जहाजले उडान भरिरहेको थियो । बुधबार एउटा बोइङ मर्मत भएपछि दुर्इवटा जहाजबाट नियमित उडान हुनेछ ।

त्यसो त निगमले अान्तिरक उडानका लागि चीनबाट ल्याएको ५६ सिटको एमए ६० र १८ सिटको वार्इ १२ र्इ विमान पनि ग्राउन्डेड अवस्थामा छ । निगमसँग अान्तरिक उडानका लागि दूर्इवटा ट्वीनअट्टर सहित ४ वटा विमान थिए । तीनवटा विमान ग्राउन्डेड भएपछि निगमले एउटामात्र विमानबाट अान्तरिक उडान भरिरहेको छ । निगमले उडान कटाैती गरेर अान्तरिक र अन्तर्राष्ट्रिय उडान भरिरहेको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुर्इवटा वाइडबडी विमान खरिद गर्ने प्रकृया अगाडि बढाइसकेको छ । दुर्इवटा वाइडबडी र दुर्इवटा न्यारोबडी विमान खरिद गर्ने तयारी गरिरहेको निगमले जापान, कोरियासहित युरोप तथा अष्ट्रेलियासम्म उडान भर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment