Comments Add Comment

बेनिसाको सौन्दर्य राजः पानी र व्यायाम

Benisha-and-Himal-sagarसाधारणतया एक पटक मानिस मोटाइसकेपछि तुरुन्तै घट्न सक्दैन भन्ने गरिन्छ । तर यो कुरा चलचित्रका नायक, नायिकाहरुलाई भने कत्तिको लागु हुन्छ ? त्यो समयले बताउँछ ।  तर त्यसमध्यकी एक नायिका वेनिसा हमाल भने अहिले त्यही तौल घटाउन प्रयासरत छिन्  । उनी आफ्नो तौललाई ५५ केजीबाट घटाएर ४५ केजी बनाउने तयारीमा छिन् । उनी हाल ५१ केजीकी भएकी छिन् ।

‘व्लाइण्ड रक’ नामक चलचित्रका लागि आफूले निर्वाह गर्ने पात्र सृष्टी केसीको भूमिकामा देखिन उनले ठूलै कसरत गरिरहेकी छिन् ।

सृष्टी केसी ‘ब्लाइण्ड रक’ नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् । सृष्टी १६ वर्षकी छँदा चिकित्सकको लापरवाहीका कारण उनले दृष्टी गुमाएकी थिइन् । तर पनि उनको मनोबल तथा हौसला भने कम भएन । उनको त्यही हौसलाका कारण उनले अन्य दृष्टिविहीन व्यक्तिहरुलाई प्रोत्साहित गर्न संस्था खोलेकी थिइन् । उक्त संस्थाले हाल दृष्टिविहीनहरुलाई डान्स सम्बन्धी कार्यशाला आयोजना गर्नुका साथै उनीहरुका लागि रक क्लाइम्बिङ, र्‍याफ्टिङ, प्यारा ग्लाइण्डिङ लगायतका विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

उनै सृष्टी जस्तो देखिन आफ्नो तौल घटाइरहेकी बेनिसा हमालसित अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छः

हाल केमा व्यस्त हुनुहुन्छ ?

‘व्लाइण्ड रक’ नामक फिल्मको लागि तौल घटाइरहेकी छु । त्यसैगरी सृष्टीको चरित्रलाईर् आफूमा हुबहु उतार्न उनले आयोजना गरेको कार्यशालामा दैनिक एक घण्टा बिताउने गरेकी छु ।

तौल घटाउन के कति प्रयास गरिरहनु भएको छ ?

पहिले त नुन र चिनीको मात्रा कम गरिरहेकी छु । पहिले दैनिक आहारमा एक कचौरा भात खान्थे भने अहिले त्यसलाई आधामा सीमित गरिरहेकी छु । त्यस्तै, जीम जानुपूर्व आटाको पाउरोटी, स्याउ तथा चारदेखि पाँच वटा आल्मण्ड खान्छु । त्यस्तै, जीम गरेपश्चात्त फलफूल, ओट तथा अण्डाको सेतो भाग खान्छु  ।

खानामा पनि एक छाक उसिनेको चामल खान्छु । तरकारी पनि उसिनेकै मनपर्छ । जुनसुकै अवस्थामा पाइने हुँदा दैनिक चार लिटरसम्म पानी पिउँछु ।

जीममा दैनिक कति घण्टा बिताउनु हुन्छ ?

अहिले दैनिक दुई घण्टा बिताइरहकी छु । त्यसमध्ये एक घण्टा कार्डियाकलाई छुट्याउने गरेकी छु ।

वजन घटाउने क्रममा तपाईंले छोड्नु भएको खाना कुनै छ ?

छोडेकै भन्ने त हैन । डाइटिसियनले केरा र आँपलाई सकेसम्म नखानु भनेकाले कम खान थालेको छु । जंक फुडबाट पनि सकेसम्म टाढै बस्ने कोशिश गरिरहेकी छु ।

किन?

केरा र आँप दुबैमा बढी गुलियो हुने भएकाले तौल बढाउँछ भनेर नखान सुझाव दिएका छन् । त्यसैगरी पहिले वेट लिफ्टिङ गर्दा अण्डाको सेतो भाग दैनिक पाँच-सात वटासम्म खान्थें भने अहिले एउटामात्र खान्छु । जंक फुड किन खानु हुँदैन भनेर त भनिरहनु पर्दैन ।

त्यसबाहेक सुन्दर देखिन के गर्नु हुन्छ ? आफ्नो लागि कति पैसा खर्चनुहुन्छ ? 

पहिले घरेलु विधि अपनाउँथे । तर हिरोइन भइसकेपछि घाममा धेरै हिँड्नु पर्ने, विभिन्न क्रिमको प्रयोग गरिने तथा सुन्दरताको लागि राम्रा-राम्रा प्रोजक्टमात्र लगाउनु पर्ने हुँदा महिनामा दुई-तीनपटक पार्लरमा विताउँछु । त्यसबाहेक आवश्यक, प्रोटिन, भिटामिन लगायतका सप्लिमेन्ट लिँदा महिनामा ३०-३५ हजार रुपैयाँसम्म खर्च हुन्छ ।

तपाईको सौन्दर्यको राज ?

एउटा त मैले आहार विहारलाई मेन्टेन गरेर पनि हो । अर्को ममा सकारात्मक सोचाई छ । म जे गर्छु सोचेर र बुझेर गर्छु । त्यसबाहेक पानी प्रशस्त पिउँछु ।

चलचित्रमा आइसकेपछि आफूमा देखिएको मुख्य परिवर्तन ?

पहिले ढिलोसम्म सुत्ने गरेकोमा अहिले ‘अर्ली टु वेड, अर्ली टु राइज’लाई आत्मसाथ गर्दै बिहान साढे पाँचदेखि छ बजे भित्रमै उठिसक्छु । यो कुरा मेरो घरमा समेत चर्चाको विषय बन्ने गरेको छ ।

हिरोइन भइसकेपछि त्यसलाई कायम गर्न कत्तिको गाह्रो हुँदो रैछ ?

पक्कै पनि गार्‍हो त हुन्छ नै । अब त आफ्नो लागि पनि यसलाई कायम गर्नु जरुरी हुँदो रैछ । यो महिना काम पाइएको छ भनेपनि अर्को महिना त्यही रफ्तारमा काम हुन्छ, हुँदैन भन्न सकिन्न ।

त्यसैले एकपटक यो क्षेत्रमा आइसकेपछि भोलिको लागि समेत सोंचेर काम गर्नु पर्ने हुँदा गाह्रो त हुन्छ नै ।

‘ब्लाइण्ड रक’चलचित्रका बारेमा केही भन्दिनुस् न ?

यस चलचित्र ‘ब्लाइण्ड रक’ सृष्टी केसी नामको पात्रमा आधारित छ । जसको भूमिका म गर्दैछु । सृष्टी आफैमा दुब्ली, पातली भएकोले उनीजस्तै देखिन मैले तौल घटाइरहेकी हुँ । त्यसबाहेक उनको व्यक्तित्व आकर्षक तथा उनको बोलाई पनि फरक भएकाले त्यसलाई आफ्नो चरित्रमा उतार्न कार्यरत छु । जसमा उनको तौलले ३०-४० प्रतिशत भूमिका खेल्न भने उनका खानी बानी नै यसको मुख्य पक्ष हो ।

अन्यमा दर्शकका लागि केही हेल्थ टिप्स दिन चाहनुहुन्छ ?

मानिसहरु धेरैजसो समय कि त टिभी हेरेर, कि सुतेरै विताउँछन् । त्यो भन्दा बढी तपाई आफ्नो शरीरलाई १५ मिनेटमात्र जगिङलाई समय दिन सक्नु भयो भने पनि त्यसले अतुलनीय परिवर्तन ल्याउँछ । जुन आफैं देखिन्छ । त्यसबाहेक पानी पिउँदा शरीरलाई रोग नलाग्ने हुँदा जतिसक्दो धेरै पानी पिउन सुझाव दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment