Comments Add Comment

माओवादी पूर्वमन्त्री कोही सरे, कोही डेरा खोज्दै

३१ असार, काठमाडौं । माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरेलगत्तै सरकारमा माओवादीको प्रतिनिधित्व गरेका मन्त्रीहरुले संयुक्त राजीनामा दिए ।

Agni-Sapkotaमन्त्री पदको शपथ लिएलगतै उनीहरु पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका थिए । अब मन्त्रीबाट राजीनामा दिएपछि उनीहरु कहाँ, कहिले र कसरी डोरा सर्ने भन्नेका लागेका छन् ।

माओवादी मन्त्रीहरुको नेतृत्व गरेका टोपबहादु्र रायमाझी सरकारमा उपप्रधान तथा उर्जा मन्त्रालयको जिम्मेवारीमा थिए । उनी शुक्रबार बेलुकी सातदोबाटोस्थित मन्त्री हुन अगाडिदेखि बस्दै आएको डेरामा सर्ने तयारीमा छन् ।

कृषिमन्त्री रहेका हरिबोल गजुरेल शनिबार मन्त्री क्वाटर छाड्ने तयारीमा छन् । उनी पनि पुरानै डेरा ज्ञानेश्वरमा सर्ने तयारीमा रहेका छन् ।

माओवादीका तर्फबाट सरकारमा सहभागी अर्का मन्त्री हुन् अग्नी सापकोटा ।  उनलाई भने नयाँ कोठा खोज्ने चटारो छ यतिखेर  । पुरानो कोठामा आफन्त बसेका कारण उनी नयाँ कोठाको खोजीमा  छन् । पेप्सीकोला र एकान्तकुनामा कोठापाएका उनले निर्णय भने आज गर्ने जनाएका छन् ।  अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेका शक्तिबहादुर बस्नेत बिहीबार बिहान पुल्चोकस्थित निवास छोडे । उनी मन्त्री हुनु पहिलेदेखि नै भैसेपाटीमा बस्दै आएका थिए । उनले भैंसेपाटीमा दुईवटा फ्ल्याट भाडामा लिएका छन् ।

सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालेकी माओवादी केन्द्रकी मन्त्री रेखा शर्मा पहिलेदेखि बस्दै आएको मन्त्री क्वाटर नजिककै कोठामा सरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment