भलै गायिका अन्जु पन्तको स्वर केही बर्ष अगाडिको जस्तो चलचित्रमा सुन्न पाइदैन । तर, कम गीतमा आवाज दिएपनि अन्जुले चलचित्र र आधुनिक गीतमा आफ्नो मिठास स्वरको जाँदु छरेकी नै छन् । चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीतले नै अन्जुलाई अहिले थुप्रै अवार्ड दिलाएको छ ।
स्टेजमा धेरैले अन्जुको स्वरमा ‘वन्स मोर’ भन्छन् । ट्रयाकविना नै अन्जुले स्वर खोल्दा पनि लठ्ठ नहुनेको कमी छैन ।अनलाइनखबरसँगको एक भेटमा अन्जुले आजभोली खास केही नगरेको बताइन् । अन्जुले भनिन्-‘खै के बिषयमा कुरा गर्नु र, आजभोली त्यस्तो खास केही त गरेकी छैन ।’
कालो वन पिसमा एक अवार्ड समारोहमा पुगेकी अन्जुको सुन्दरताको तारिफ धेरैले गरे । अन्जुको पहिरनप्रतिको सजगताले धेरैको ध्यान तानेको थियो । विभिन्न समयमा विवादस्पद बयानका कारण अन्जुले दर्शक र श्रोताको चर्को आलोचना पनि खेप्नु परेको थियो ।
तस्विरः श्रीधर पाैडेल
प्रतिक्रिया 4