+
+
Shares

चुनढुङ्गा उत्खननको प्रयास फेरि असफल

रासस रासस
२०७३ साउन १ गते १८:३२

१ साउन, नरपानी (अर्घाखाँची) । झन्डै पाँच वर्षदेखि बन्द रहेको अर्घाखाँचीको नरपानीको चुनढुङ्गा उत्खननका लागि कम्पनीले गरेको प्रयास पुनः असफल भएको छ ।

उत्खनन कम्पनीले चुनढुङ्गा लैजान लिएका टिपरहरु रित्तो फर्किएका छन् । चार वर्षदेखि बन्द रहेको उत्खनन गर्न पाउनुपर्ने माग गर्दै प्रक्रिया सुरु गरेको थियो ।

chundhungaकम्पनीले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै उत्खनन कार्य रोक्न माग गर्दै स्थानीय बासिन्दा सङ्घर्षमा उत्रिएपछि उत्खनन कार्य पाँच वर्षदेखि बन्द भएको थियो ।

अहिले पछिल्लो समयमा आएर कम्पनीले आफूहरुले उत्खनन गरेको स्टक माल लैजानुपर्ने दाबी गर्दै आएको थियो । चुनढुङ्गा उत्खनन कार्य सदाका लागि बन्द गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका २१ जना स्थानीय बासिन्दालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
उत्खननले नरपानीको सौन्दर्यता र पानीका मुहान सुकेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयवासीलाई हटाउन खोज्दा प्रहरी र स्थानीयवासीबीच तनाव उत्पन्न भएको थियो ।

खानी सदाका लागि बन्द हुनुपर्ने र पक्राउ गरेका स्थानीयवासीलाई बिनासर्त रिहाको माग गर्दै गोरुसिँगे–सन्धिखर्क सडकको बीचमा पर्ने नरपानीमा स्थानीयवासीले सडकमा ढुङ्गा राखेर र टायर बालेर चक्काजाम गरेका थिए । सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीचबाटोमै अलपत्र परेपछि उनीहरुलाई शुक्रबार राति नै रिहा गरेको हो ।

आज दिनभर पनि नरपानीको अवस्था तनावग्रस्त रहेको थियो । स्थानीयवासीले खानीबाट ढुङ्गा लैजान नदिने बताएपछि खानी उत्खनन गर्न आएका टिपरहरु फर्काएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए । स्थानीयवासीको मागअनुसार नै टिपर फर्किएका हुन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?