+
+
Shares

मन्दिरको जग्गा अतिक्रमण गरी निजी अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते ७:११

Janakpur-Janaki-temple२ साउन, काठमाडौं । जानकी मन्दिरको सीता फूलबारी जग्गा अतिक्रमण गरी एक निजी अस्पतालले भवन निर्माण गरेका छन् ।  भवन निर्माणपछि स्थानीय युवाले पुनरावेदन अदालत जनकपुरमा मुद्दा दायर गरेका छन् ।

स्थानीय अगुवा सुशील कर्णसहितको समूहले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले धार्मिक महत्वको जग्गा निजी अस्पताल निर्माणका लागि लिजमा दिएको भन्दै पुनावेदन अदालत जनकपुरमा निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्दै निवेदन दिएका छन् ।

शुक्रबार नै अदालतबाट रिट दर्ता गराई आइतबारका लागि पेसी तोकिएको आजको अन्नपूर्णमा समाचार छ ।

मन्दिरका महन्थ, जानकी मन्दिर सञ्चालक समिति तथा रामजानकी हस्पिटल प्रालिको मिलेमतोमा जनकपुर ६ सिट नम्बर १३५५२३ कित्ता नं जग्गा अस्पताल खोल्नको लागि लिजमा दिएइपछि त्यहाँ भवन निर्माण कार्य सुरु भइरहेको छ ।

जग्गा लिजमा लिएवापत प्रतिवर्र्ष मन्दिरलाई ६० हजार रुपैयाँ उपलव्ध गराउने गरी २१ वर्षको लागि लिजमा महन्थ दासले अस्पताल सञ्चालकलाई जग्गा उपलव्ध गराएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?