+

बालोन डि’ओरका लागि रोनाल्डो प्रमुख दाबेदारः नेयमार

२०७३ साउन  २ गते ९:५९ २०७३ साउन २ गते ९:५९
बालोन डि’ओरका लागि रोनाल्डो प्रमुख दाबेदारः नेयमार

neymar२ साउन, काठमाडौं । बार्सिलोनाका फुटबलर नेयमारले फिफा बालोन डि’ओरका लागि आफ्नो क्लब टिममेट लिओनल मेस्सी भन्दा क्रिष्टियानो रोनाल्डो प्रमुख दाबेदार भएका बताएका छन् ।

रोनाल्डोले गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिगाए भने पोर्चुगलले हालै मात्र युरो कपको उपाधि जितेको छ ।
मेस्सीले बार्सिलोनाबाट ला लिगा जिते भने अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पुर्‍याएपनि उपाधि जित्न चुके । उनले पेनाल्टी मिस गरेका थिए ।

गत वर्ष बालोन डि’ओरको मनोनयनको अन्तिम तीनमा परेका नेयमारले भनेका छन्, उपाधि जित्नुले बालोन डि’ओरको दौडमा महत्वपूर्ण भूमिका खेल्छ ।’

उनले अघि भने, रोनाल्डोले च्याम्पियन्स लिग जिते र अहले युरो २०१६ पनि । मलाई लाग्छ उनी – बालोन डि’ओरको दौडमा) राम्रो अवस्थामा छन् ।’

रोनाल्डोले २००८ का साथै २०१३ र २०१४ मा बालोन डि’ओर जितेका थिए । तर, २०१५ मा मेस्सीले उपाधि जिते । मेस्सीले अहिलेसम्म लगातार चार पटकसहित पाँच पटक बालोन डि’ओर जितेका छन्

क्रिष्टियानो रोनाल्डो नेयमार बालोन डि'ओर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय