Comments Add Comment

अल्जाइमर रोग सम्बन्धी केही तथ्य एवं जानकारी

काठमाडौं । अल्जाइमर रोग धेरैका लागि नौलो हुनसक्छ । तर यस रोगबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि थुप्रै मानिसलाई यो रोग देखा पर्न थालेको छ ।

Alzheimer
अल्जाइमर रोग (सांकेतिक तस्वीर)

यति हुँदाहुँदै पनि अधिकांश मानिसहरुले अझैसम्म पनि बुझ्न नसकेको अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो ।

अल्जाइम एक प्रकारको बिर्सने वा भुल्ने रोग हो जुन दिमागसित सम्बन्धित हुन्छ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाईर् असर पार्ने काम गर्छ । यस्ता प्रकारका कुनै पनि समस्या देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्दछ । यद्यपी अहिलेसम्म यो रोग निको पार्ने औषधि पत्ता लागेको छैन ।

यो रोग अहिले विश्वभर फैलिएको छ । विश्वव्यापी समस्याको रुपमा देखा परेको यो रोग तत्काल सम्वोधन हुन आवश्यक छ । विश्वका झण्डै ४७ मिलियन मानिस अहिले डिमेन्सिया अर्थात भुल्ने रोगका कारण हुने पागलपनबाट प्रभावित छन् । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउने गर्ने चिकित्सकहरु बताएँछन् ।
अल्जाइमर सम्बन्धि केही जान्ने पर्ने तथ्य यस्ता छन्-

अल्जाइमरको प्रारम्भिक चरण

· व्यवहार तथा व्यक्तित्वमा परिवर्तन हुने
· सामान हराउने
· पैसा सम्बन्धी कारोवारमा कठिनाई हुने
· दैनिक गतिविधिमा समस्या हुने
· अनावश्यक भड्किने

मध्यम अवस्था

यो अवस्थाका मानिसलाई बोली नियन्त्रण गर्न, तर्क गर्न तथा सोच्ने जस्ता दिमागले काम गर्ने कुरामा समस्या हुने गर्छ । जसमा यी कुरा सामेल हुन्छन्-

· अस्वाभाविक व्यवहार देखाउने
· नयाँ परिस्थितिको सामना गर्न नसक्ने
· कुनै कुरा सिक्न नसक्ने
· कुरा भुल्ने, विर्सनेे
· भ्रममा रहने
· नजिकको व्यक्ति चिन्न गाह्रो पर्ने
· माया, भ्रम
· लुगा लगाउने लगायतका दोहोरो काम गर्न समस्या हुने

अन्तिम अवस्था

कडा प्रकारको अलजाइमर भएका व्यक्तिलाई अरुसित कुराकानी गर्न समस्या हुन्छ । साथै उनीहरुको शरीर काम पुर्णरुपले अरुमा निर्भर हुनु पर्ने बाध्यता रहन्छ । अल्जाइमरको अन्तिम अवस्थामा निम्न समस्या देखिन्छन्-

· छालाको संक्रमण
· धेरै निद्रा लाग्नु
· कुरा गर्नमा कठिनाई हुनु
· गरेको काममा चित्त नबुझाउनु
· तौल घट्नु

यस्तो डरलाग्दो रोगबारे जान्नै पर्ने केही तथ्यहरु यस्ता छन्-

  • अल्जाइमरको प्रारम्भिक लक्ष्मणमा तुरुन्तै घटेका घटना सम्झन नसक्नुलाई लिइन्छ । यसलाई क्षणिक समयका लागि विर्सने समस्या पनि भनिन्छ ।
  • यसको लक्षणमा भाषाको समस्या, छिनछिनमा मन बदलिने समस्या, कुनै काममा मन नलाग्नु, आफ्नो ख्याल राख्न नसक्नु तथा व्यावहारिक समस्या पर्दछन् ।
  • अल्जाइमर भएका व्यक्ति अक्सर समाज तथा परिवारबाट निष्कासित, अपहेलित हुनुका साथ बाहिरिने गर्दछन् ।
    झण्डै ७० प्रतिशत अल्जाइमरकोे जोखिम वंशाणुगत कारणले हुने विश्वास गरिन्छ ।
  • अन्य कारणले हुने अल्जाइमरमा टाउकोको चोट, डिप्रेसन अथवा उच्च रक्तचाप पर्दछन् ।
  • अहिलेसम्म यो रोग निको पार्ने न त कुनै औषधि पत्ता लागेको छ, न त अन्य माध्यमद्वारा नै यो रोग निको पार्न सकिन्छ ।
  • विश्वमा हरेक ६८ सेकेन्डमा एक जना नयाँ व्यक्तिमा अल्जाइमरको समस्या भेटिने गरेको छ । त्यसैगरी, सन् २०५० सम्ममा यो रोग हरेक ३३ सेकेन्डमा एउटा नयाँ मानिसमा देखा पर्नेछ ।
  • अल्जाइमर भएका व्यक्तिमा धेरजसो खाना खाँदा समस्या हुने गरेको छ । त्यस्तै उनीहरुलाई खानाको नाम सम्झन पनि गाह्रो हुन्छ ।
  • अल्जाइमर रोगबारे पहिलोपटक जर्मनका मनोचिकित्सक तथा प्याथोलोजिस्ट लोइस अल्जाइमरले सन् १९०६मा जानकारी दिएका थिए ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment