Comments Add Comment

घर निर्माणमा खटिएका इन्जिनियर कामविहीन

Engineer३ साउन, काठमाडौं । सरकारले भूकम्प प्रभावितहरुको घर निर्माणमा सघाउन भन्दै ४ महिनाअघि पठाएका इन्जिनियर कामबिहीन भएका छन् ।

भूकम्प प्रभावितका घर बनाउने सम्झौतासमेत नसकिएपछि इन्जिनियरहरु कामविहीन भएका हुन् ।

काम नपाएपछि इन्जिनियरहरु कहिले गाउँ घुम्ने कहिले सदरमुकाम सहितका बजार डुल्ने र आलोपालो घर जाने गरेका छन् । भूकम्प प्रभावितका घर बनाउन भन्दै बैशाख दोस्रो सात नै सरकारले गाउँ गाउँ इन्जिनियर पठाएको थियो । आजको कारेाबार दैनिकमा समाचार छ ।

सरकारले दोलखामा मात्र ८५ जना इन्जिनियर र ८६ जना सवइन्जिनियर तथा प्राविधिक सहयोगी खटाएको थियो ।
हरेक गाविस र नगरपालिकाका वडामा एक इन्जिनियर एक सव इन्जिनियर र एक सहयोगीको व्यवस्था गरिएको छ ।

इन्जिनियर परिचालनको काम सहरी विकास तथा भवन डिभिजन कार्यालयले गरे पनि सम्बन्धित गाविस तथा नगरपालिकाको काम गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment