Comments Add Comment

सावधान फेसबुकमा नगर्नुस् यी ८ काम, अकाउण्ट नै ब्लक हुनसक्छ

Facebook-Friendफेसबुकमा आफ्नो फोटो अपलोड गर्ने, स्टाटस सेयर गर्ने, अरुका फोटो तथा स्टाटस लाइक तथा कमेन्ट गर्ने सामान्य कुरा हो । तर के तपाइँलाई थाहा छ ? फेसबुकमा कतिपय कुराहरु शेयर गर्दा फेसबुकले तपाइँको अकाउण्ट नै ब्लक गरिदिन सक्छ ।

यस्ता ८ प्रकारका चिजहरु फेसबुकमा शेयर गर्नुभयो भने तपाइँको अकाउण्ट केही घण्टा देखि केही दिनसम्मकै लागि पनि ब्लक हुनसक्छ ।

१. हालै फेसबुकमा एक बच्चाको फोटो भाइरल भएको थियो । जसलाई फेसबुकमा शेयर गर्दा वा कसैलाई फरवार्ड गर्दा प्रयोगकर्ताको फेसबुक अकाउण्ट ३ दिनसम्मका लागि ब्लक गरिएको थियो । फोटोमा बच्चाले हातमा माछा समाएको थियो ।

वास्तवमा उक्त फोटोमा बच्चाको यौनांग देखाइएको थियो । फेसबुकमा यस्ताखाले फोटो पोष्ट गर्नु गैरकानूनी हो । फेसबुकले १८ वर्षभन्दा कम उमेरका बालबालिकाको यौनिक संलग्नता देखिने पोष्ट तथा फोटोहरुलाई अनुमति दिँदैन । यसलाई नग्नता मानिन्छ । त्यसैले त्यस्तो नग्नता दर्शाउने फोटो फरवार्ड गर्ने वा शेयर गर्नेको अकाउण्ट ३ दिनसम्म ब्लक गरियोे ।

२. धेरै मेसेज पठाउँदाः फेसबुकको हेल्प पेजमा रहेको ब्लकिंग पोलिसीका अनुसार यदि कोही प्रयोगकर्ताले निकै कम समयमा धेरै मानिसलाई मेसेज पठाउँदछन् र यसरी मेसेज पठाइएका मध्ये अधिकांस मानिसले त्यस्ता मेसेजलाई अनवेलकम मार्क गरिदिन्छन् भने त्यसरी मेसेज पठाउने मानिसको अकाउण्ट केही समयका लागि ब्लक गरिदिन्छ फेसबुकले । त्यसैले अनावश्यक मेसेजहरु ज्ो पायो त्यस मानिसलाई पठाउनु हुँदैन ।

३. घृणा फैलाउने खालको पोष्टः फेसबुकको नीति अनुसार कुनैपनि व्यक्ति, समुदाय तथा समुहको विरुद्धमा घृणा फैलाउने खालको वक्तव्य फेसबुकमा पोष्ट गर्न पाइँदैन । यसो गरेमा फेसबुकले त्यस्ता प्रयोगकर्ताको अकाउण्ट केही घण्टाका लागि ब्लक गरिदिन्छ ।

४. गलत फोटो वा भिडियो अपलोड गर्दाः  फेसबुकको चेतावनी पोलिसीमा प्रष्टसँग भनिएको छ की लागुऔषध प्रयोग, नग्नता वा कुनैपनि प्रकारका अश्लील प्रकारका सामाग्रीहरु फेसबुकमा शेयर गरिएमा फेसबुक अकाउण्ट ब्लक गरिनेछ । त्यसैले यस्ता खालका फोटो तथा भिडियो शेयर गर्नुहोला ।

५. अनधिकृत सामाग्री पोष्ट गर्दाः यदि तपाईसँग फोटो, टेक्स्ट अर्थात् भिडियोजस्ता  कुनैपनि सामाग्री सार्वजनिक रुपमा शेयर गर्ने वा प्रकाशन गर्ने अधिकार छैन भने त्यसलाई फेसबुकमा शेयर नगर्नुस् । यस्तो गर्दाखेरि नै सुरुमा फेसबुकले चेतावनी सन्देश पठाएको हुन्छ । यदि चेतावनी पश्चात पनि यस्ता सामाग्री पोष्ट गरिएमा फेसबुकले यस्ता सामाग्रीलाई फेसबुक वालबाट हटाइदिने मात्र होइन अकाउन्ट नै केही दिनका लागि ब्लक गरिदिन्छ । फेसबुकले अभिभावकको अनुरोधमा १३ वर्षभनदा कम उमेरका बच्चाबच्चीको फोटो पनि हटाइदिने गरेको छ ।

६. पोक गरेर हैरान पारेमाः  फेसबुकमा मानिसहरुलाई पोक गरेर उनीहरुलाई हैरान पार्ने यदि तपाइँको बानी छ भने यसलाई छाड्नुहोस् । यसो गर्दा कसैले फेसबुकमा उजूरी गर्यो भने तपइँकोे अकाउन्ट ब्लक हुनसक्छ ।

७. २ सय भन्दा बढि ग्रुपमा आबद्ध हुँदाः फेसबुक कुनैपनि प्रयोगकर्तालाई २ सय भन्दा बढि ग्रुपमा आबद्ध हुने अनुमति दिँदैन । यदि यसभनदा बढि ग्रुपमा आबद्ध भएमा फेसबुकले अकाउन्ट नै ब्लक गरिदिन् ।

८. अपरिचित मानिसलाई गेमिंग रिक्वेस्ट पठाउँदाः फेसबुकको प्रतिबन्ध नीतिमा लेखिएको छ की यदि कोहीपनि प्रयोगकर्ता अपरिचित मानिसलाई पटक पटक गेमिंग रिक्वेस्ट पठाएर हैरान पार्दछ भने उसकाे फेसबुक अकाउण्ट केही घण्टादेखि लिएर केही दिनसम्म ब्लक गरिनेछ ।

फ्रेण्ड रिक्वेस्ट ब्लक सेक्सनमा लेखिएको हुन्छ की यदि तपाइँ नचिनेका मानिसहरुलाई फ्रेण्ड रिक्वेस्ट वा गेमिंग रिक्वेस्ट पठाउनुभयो र उनीहरुले तपाइँको बारेमा फेसबुकमा उजुरी गरे भने तपाइँको अकाउन्ट ब्लक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment