+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आज साउने सोमबार, बोलबम यात्रा शुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते ९:३३

Saune Sombar (10)३ साउन, काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पााच वटा सोमवार परेको छ । पााचवटा सोमबार परेको साउन महिना झन् शुभ र पवित्र मानिन्छ ।

बोलबम यात्रा शुरु

यसैबीच सोमबारदेखि नै देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ । काठमाडौको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?