Comments Add Comment

युएईमा आदिवासी दिवस सांस्कृतिक कार्यक्रम गर्दै मनाइने

युएई । नेपाली आदिवासी जनजाति महासंघ युएईले २२ सौं विश्व आदिवासी दिवस २०१६ आगामी २६ अगस्ट २०१६ मा मनाउने निर्णय गरेको छ ।

indigenous_uaeगत २४ जुन २०१६ को दिन बसेको पूर्ण बैठकमा काल्र्टन टावर होटल देरा दुबई विविध साँस्कृतिक गतिविधिका साथ आदिवासी जनजाति दिवस मनाउने तयारी भएको प्रचारप्रसार विभाग प्रमुख तथा महासंघका महासचिव सुत्रमणि राईले जानकारी दिए ।

जनजाति दिवसमा महासंघले संयुक्त झाँकी तथा भेषभुषा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । महासंघमा आबद्ध सबै जातीय संस्थाले साँस्कृतिक झाँकी र १ एक १ वटा प्रस्तुति राख्ने बताइएको छ । प्रत्येक आवद्ध संस्थाले हलको वरिपरि आआफ्नो स्टल राख्ने, प्रत्येकसंस्थाले दुईदुई वटा गीत अथवा नृत्य, अथवा हाँस्यव्यंग्य प्रस्तुत गर्न पाउने निर्णय पनि गरिएको छ ।

जनजाति दिवसमा महासंघमा आबद्ध प्रत्येक संस्थाहरुमा लामो समय योगदान दिएका एकएक जना महिला कार्यकर्तालाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

कार्यक्रमलाई भब्य, सभ्य र अनुशासित तरिकाले सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको कार्यक्रम संयोजक तथा महासंघका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङले बताएका छन् । व्यवस्थापन विभाग प्रमुखमा प्रथम उपाध्यक्ष पासाङ रिन्जी शेर्पा उपप्रमुखमा उपाध्यक्ष चन्द्रसारु मगर रहेका छन् ।

त्यसरी नै आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष विनोद योञ्जन तामाङ, आर्थिक विभाग उपप्रमुखमा जुगराम चौधरी चयन भएका छन् । प्रचारप्रसार विभागको उपप्रमुखहरुमा महासंघमा आबद्ध ११ संस्थाका अध्यक्ष तथा महासचिवहरु पदेन सदस्य रहने व्यवस्था महासंघको बैठकले गरेको छ ।

कार्यक्रमको प्रायोजन प्रमुखमा महासंघका अध्यक्ष डिआर गुरुङ सर्वसम्मत चयन भएका छन् भने प्रायोजन उपप्रमुखहरुमा प्रवक्ता जयदेव घिसिङ संस्कृतिक विभाग प्रमुख विजयलक्ष्मी राई रहेका छन् ।

कार्यक्रमलाई अनुशासित बनाउन दिनेश माझी प्रमुख तथा तुल घर्ती भुजेल उपप्रमुख रहेको स्वयमसेवक विभाग गठन गरिएको छ । उक्त समितिमा महासंघ सम्बद्ध ११ संस्थाहरुबाट कम्तिमा १ महिला र १ पुरुष रहने व्यवस्था गरिएको छ ।

त्यसरी नै अथिति सत्कार विभाग प्रमुखमा राजु तमु, उप प्रमुख आङदाडी शेर्पा र सदस्यहरुमा महासंघमा आवद्ध सबै संस्थाहरुबाट कम्तिमा एकएक जना आआफ्ना जना जातीय भेषभुषामा महिलाहरु रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment