काठमाडौं । जानकी तारमी मगरसँग मिलेर गत वर्ष तीजको अवसरमा ‘पानीपुरी’ शीर्षकको गीत ल्याएर राम्रै चर्चा पाए पशुपति शर्माले ।
थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भन्दै चट्पटे र पानी पुरीलाइ बिस्तार गर्नु पर्ने आशयको गीत गाएका थिए उनले । उनको गीतलाई दर्शकले पनि निकै मन पराए ।
दर्शकले निकै मन पराएको कारण हुन सक्छ उक्त गीतको सिरिज लिएर आएका छन् उनै गायक । मगर्नीको सेलरोटी पसल (पानी पुरी-२) शीर्षकमा पशुपतिले यसपाली पनि जानकीलाई नै साथ लिएर गाएका छन् ।
गत वर्ष गीत मार्फत चट्पटे र पानीपुरीको चर्चा गरेका पशुपतिले यो गीतमा भने नेपाली सेलरोटीको प्रसंसा गरेका छन् । पछिल्लो समय नेपाली सेलरोटी ब्यबसायिक हुादै गएको धारणा राख्ने पशुपतिले मुलुक बाहिर समेत नेपाली सेलरोटीको चर्चा हुने गरेको बताए ।
सनराइज म्युजिक प्रालिको प्रस्तुति रहेको यस भिडियोमा पशुपति र जानकी स्वयंले अभिनय गरेका छन् । शब्द, लय पशुपतिकै रहेको यस भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।
प्रतिक्रिया 4