+
+
Shares

चरा ठोक्किएर ग्राउन्डेड एयरबस १२ दिनपछि उड्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते १२:१४

NAC Airbus 320
३ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ग्राउन्डेड एयरबस ३२० विमान मर्मतपछि उडान सुरु गरेको छ । चरा ठोक्किएर ग्राउन्डेड भएको एयरबसले सोमबार विहान ११ः५३ बजे यात्रु बोकेर बैंकक उडेको हो ।

विमानको इञ्जिनमा समस्या देखिएपछि १२ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भयो । एयरबसको इञ्जिन कम्पनीबाट प्राविधिकहरु आएर मर्मत गरेपछि विमान उडेको हो । विमानले १२९ यात्रु लिएर बैंकक उडेको बताइएको छ ।

असार २३ गते विमान हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेको बेला चरा आएर ठोक्किएपछि ग्राउन्डेड भएको थियो । विमानमा सवार ५८ यात्रु र ८ चालक दलका सदस्य सबै सकुसल रहेका थिए ।

अन्तर्राष्ट्रिय उडान गर्ने चार जहाजमध्ये एउटा बोइङ मर्मत गर्न नसक्ने गरी बिग्रिएको छ । एउटा बोइङ चरा ठोक्किएर ग्राउन्डेड भएपछि निगमले उडान तालिका घटाएको थियो । यस बिचमा करिव एक साता अर्को बोइङ पनि बिग्रिएर ग्राउन्डेड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?