Comments Add Comment

जर्मनीमा गुडिरहेको ट्रेनमा बन्चरो आक्रमण

Germany axe attack४ साउन, काठमाडौं । दक्षिणी जर्मनीको बुर्जबर्गमा एक व्यक्तिले गुडिरहको ट्रेनमा बन्चरोले आक्रमण गरेका छन् । घटनामा चार जना  घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार संदिग्ध व्यक्तिलाई गोली हानेर मारिएको छ । उनी अफगान शरणार्थी भएको अधिकारीहरुले बताएका छन् ।

हाइडिङ्गसफेल्ड इलाकामा भएको घटनामा सुरुमा २१ जना घाइते भएको रिपोर्टहरु आएको थियो । तर, अहिले अधिकारीहरुले ४ जना घाइते भएको बताएका छन् ।

घटनापछि बुर्जबर्ग- हाइडिङ्गसफेल्ड र ओशनर्फटबीचको रेल लाइन बन्द गरिएको थियो ।

आक्रमणकारीले १४ जनामाथि आक्रमणको प्रयास गरेका थिए । तर, किन यस्तो गरे भन्ने खुलेको छैन । आक्रमणकारी युवा १७ वर्षको मात्र थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment