Comments Add Comment

त्यस्तो नहोस् भन्दै सिटौलाले सोधे- प्रधानमन्त्री मरे भने पनि नयाँ सरकार बन्दैन त ?

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकार गठनबारे संविधानमा कुनै अस्पष्टता नरहेको भन्दै कानुनविदहरुसँग परामर्श गरेर दलहरुले जग हँसाउने काम गरेको बताएका छन् ।

Krishna-Prasad-Sitaulaकांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा सिटौलाले सरकार गठनबारे संविधानमा अस्पष्टता भएको भन्नु हास्यास्पद भएको बताए ।

नयाँ संविधान निर्माण गर्ने क्रममा सिटौला संविधान लेखन मस्यौदा समितिको सभापति थिए ।

उनले भने, ‘संविधानमा प्रष्ट लेखिएको छ । व्यवस्था नै छैन भन्ने बाहियात कुरा हो ।’

उनले संक्रमणकालमा एउटा सरकार मात्र बन्ने भए अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने र विश्वासको मत लिनु पर्ने धारा किन राखेको भनी प्रश्न गरे ।

संविधान आफूहरुले बनाउने तर, सरकार गठनबारे के व्यवस्था छ हेर, हेर भनेर कानुनविदहरुलाई आग्रह गरेर दलहरुले जग हँसाउने काम गरेको उनले बताए ।

बैठकमा सिटौलाले एउटा परिकल्पना पनि सुनाए । उनले त्यसो नहोस् भन्ने कामना गर्दै भने, ‘एकछिनलाई मानौं, प्रधानमन्त्रीको मृत्यु भयो । के अब अर्को सरकार बन्दैन त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment