+
+
Shares

कांग्रेसले एमालेले जस्तो गल्ती नगर्ने !

'एमालेसँग द्वन्द्व बढाउने होइन, दुरी घटाउनुपर्छ'

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ४ गते १६:४४

४ साउन, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएर कांग्रेस सरकारमा जाने तयारीमा छ । अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले चर्को स्वरमा सरकार परिवर्तनको खेललाई स्वचालित नभई व्याट्रीबाट भनेपनि कांग्रेसले भने यसलाई स्वाभाविक मानेको छ ।

Congress-Meeting
बैठकमा नेपाली कांग्रेसका नेताहरु । फाइल तस्वीर रासस

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकार परिवर्तनका लागि पार्टी नेतृत्वले चालेको कदमलाई स्वाभाविक भनेका छन् ।

तर, एमालेले जस्तो गल्ती नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । मंगलबारको बैठकमा महेश आचार्य, सुजाता कोइराला, बालकृष्ण खाँड, एनपी साउद, गगन थापा, गुरुराज घिमिरे, आनन्द ढुंगाना लगायतले बोलेका छन् ।

एक नेताका अनुसार अधिकांशले सरकारको नेतृत्वसँगै संविधान कार्यान्वयनको जिम्मा एमालेले लिएको तर, नसकेको धारणा राखेका छन् ।

खासगरी मधेस केन्द्रित दलहरुलाई ‘इङ्गेज’ गर्न प्रधानमन्त्री असफल भएको उनीहरुले बताए । ‘हाम्रो ध्यान अहिलेदेखि नै यसमा केन्द्रित हुनुपर्छ । मधेसी मोर्चालाई सम्बादमा राख्नुपर्छ भन्नेमा सबैको जोड छ,’ कांग्रेसका एक नेताले भने ।

नेताहरुले एमालेलाई पनि निरन्तर सम्वादमा राख्न नेतृत्वलाई सुझाव दिएका छन् । ‘एमालेसँग तिक्तता बढाउने होइन, दुरी घटाउनेतिर लाग्नुपर्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘हिजो एमालेले गरेको गल्ती अब हामीले दोहोर्‍याउनु हुँदैन ।’

बैठकमा तत्कालीन संविधान मस्यौदा समितिका सभापति समेत रहेका कृष्ण सिटौलाले सरकार गठनबारे संविधानमा कुनै अपष्टता नभएको बताएका छन् । दलहरुले संविधान बनाउने, तर, यसमा के छ हेर हेर भनेर कानुन व्यावसायीहरुलाई बोलाएर दलहरुले जग हसाउने काम गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?