Comments Add Comment

घुँडाको चोटका कारण रोनाल्डो दुई महिना मैदानबाहिर

Ronaldo

काठमाडौं । युरो २०१६ को फाइनलमा फ्रान्सबिरुद्ध चोटग्रस्त बनेका रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो आगामी सेप्टेम्बरको दोस्रो सातासम्म मैदानबाहिर रहने भएका छन् ।

स्पेनिस समाचारपत्र मार्काका अनुसार रोनाल्डोले पारिवारिक छुटि्टको समयमा इविजामा एक बिशेषज्ञको क्लिनिकमा उपचार गराइरहेका छन् । चिकित्सकको निगरानीका बाबजुद रोनाल्डोले नयाँ सिजनमा मड्रिडका लागि सुरुवाती ३ खेल गुमाउने भएका छन् ।

रोनाल्डोले रियलका लागि आगामी साउन २५ गते नर्वेमा हुने युरोपियन सुपर कपमा सेभियाबिरुद्धको खेल गुमाउनेछन् भने ला लिगाका सुरुवाती दुई खेलहरु रियल सोसिडाड र सेल्टा डि भिगोबिरुद्ध मैदानमा उत्रनेछैनन् ।

प्रशिक्षक जिनेदिन जिदानेले आगामी सेप्टेम्बर ११ मा घरेलु मैदानमा हुने ओसासुनाबिरुद्धको खेलका लागि रोनाल्डोलाई स्वागत गर्न आतुर छन् ।

रोनाल्डो युरो २०१६ को फाइनलमा फ्रान्सका दिमित्री पायेटसँगको ट्याकलका क्रममा घुँडामा चोटग्रस्त बनेका थिए । चोट लागेपछि पटक पटक संहालिने प्रयास गरेपनि नसकेका रोनाल्डो रुँदै मैदान बाहिरिएका थिए ।

३१ बर्षीय सुपरस्टार रोनाल्डोले पोर्चुगलको टोलीबाट सन् २०१८ को विश्वकप छनौट चरण अन्तर्गत स्वीट्जरल्याण्डबिरुद्धको पहिलो खेलपनि गुमाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment