+
+

अबको १० दिनभित्र प्रचण्ड प्रधानमन्त्रीः कांग्रेस नेता महत

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते १६:४६

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अबको १० दिनभित्र प्रचण्ड प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

Prakash-Sharan-Mahatसरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिला त्यसमाथि नै छलफल हुनुपर्ने उनले बताए । उनले भने, ‘यो प्रस्तावमाथि मतदान गरेर टुंगो लगाइसकेपछि मात्रै अन्य विषयमा जानुपर्छ, यसमा कोही पनि द्विविधामा पर्नुहुँदैन ।’

आश्रित विधेयक पारित नगरे आर्थिक संकट उत्पन्न हुन्छ भनेर हल्ला फिँजाइएको भन्दै कांग्रेस नेता महतले भने, ‘विनियोजन विधेयक पास भइसकेको अवस्थामा आश्रित विधेक ३१ असारभित्रै पारित हुनुपर्थ्यो । त्यो नभएपछि पहिलाकै व्यवस्था अनुसार काम भइरहेका छन्, अहिले यसको कुनै सान्दर्भिकता छैन ।’

संसदीय व्यवस्थामा सरकार परिवर्तनको कुरालाई बेमौसमी बाजा भन्नु तर्कसंगत नभएको नेता महतको दाबी छ ।

रिपोटर्स क्लबको कार्यक्रममा कांग्रेस नेता महतले भने, ‘संसदको मतको आधारमा सरकार बन्ने र हट्ने कुरा लोकतान्त्रिक कुरा हो, यसमा विवाद उत्पन्न गराउनुको कुनै तुक छैन ।’

सत्तारुढ दलले नै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको दाबी गर्दै उनले त्यसको विकल्पमा नयाँ सरकार बनाउनु स्वभाविक भएको तर्क गरे ।

ओली नेतृत्वको सरकारले कुरामात्रै प्रशस्त गरेको जनतामा कुनै किसिमको ‘डेलिभरी’ नगरेको आरोप महतले लगाए । माओवादी अध्यक्ष प्रचण्डले ओली सरकारको भन्दा कुशल नेतृत्व दिने दाबी गरेकाले कांग्रेस र माओवादीवीच नयाँ गठबन्धन बनेको उनको दाबी छ ।

अबको १० दिनभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने दाबी गर्दै भने, ‘सरकार बनाउने कुरामा संविधानमा कुनै द्विविधा छैन ।’

एमालेले पनि माओवादीलाई सहयोग गर्नुपर्छः रायमाझी

कार्यक्रममा माओवादी नेता टोपबहादुर रायमाझीले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना रहेको बताए । उनले भने, ‘कांग्रेसले हामीलाई समर्थन गरिसक्यो, अब एमालेले पनि हामीलाई सहयोग गर्नुपर्छ ।’

संविधानको प्रभावकारी कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रमुख दलहरुवीच सहमति आवश्यक भएको भन्दै नले त्यसका लागि पहल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?