Comments Add Comment

सार्क चेम्बरमा सुरज वैद्यको सय दिन पुरा, के–के भयो उपलब्धी ?

६ साउन, काठमाडौं । नेपालको औद्योगिक घराना वैद्यज अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्यले सार्क उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेको सय दिन पुरा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी वैद्यले सय दिनमा भएका कामहरुको बारेमा जानकारी गराए ।

सार्क चेम्बरको अध्यक्षको पदभार ग्रहण समारोहमा वैद्यले यस क्षेत्रको आर्थिक विकासका लागि अन्तर क्षेत्रीय लगानी अभिवृद्धि, सार्क औद्योगिक पार्कमार्फत अन्तर Suraj-Vaidyaक्षेत्रीय औद्योगिकीकरणको प्रवद्र्धन, स्मार्ट ग्रीन भिलेजको विकास, सीइओ फोरमको स्थापना, क्षेत्रीयस्तरमा यूवा उद्यमशीलताको विकास गर्ने लगायतका योजनाहरु अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए ।

आफ्नो कार्ययोजना अगाडि बढाउन सार्क राष्ट्रका सरकार प्रमुखसँग भेटवार्ता, छलफल, संवादका कार्यक्रमलाई तीव्रता दिएको अध्यक्ष वैद्यले बताए ।

सार्क चेम्बरको प्रतिनिधिमण्डलले नेपालमा सम्पन्न सार्क विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी भएरु नयाँ नेतृत्वको भावी कार्ययोजना तथा दृष्टिकोण प्रस्तुत गरेको थियो । उक्त बैठकमा अध्यक्ष वैद्यले सार्क सदस्य राष्ट्रहरुबीच मोटर भइकल एग्रीमेन्टमा हस्ताक्षर हुनुपर्ने, नीति निर्माण तहमा निजी क्षेत्रको सहभागीता हुनुपर्ने, लगानी आकर्षण तथा लगानी सुरक्षाका लागि आवश्यक नीति निर्माणमा जोड दिएका थिए ।

विश्व अर्थतन्त्रमा सार्कलाई महत्वपूर्ण रुपमा हेरिएकाले यस क्षेत्रमा स्वतन्त्रता पूर्वक व्यापार व्यवसाय गर्ने वातावरण बनाउन सिंगो सार्क संगठनको पहल हुनुपर्नेमा जोड दिइएको अध्यक्ष वैद्यले जानकारी गराए । सार्कलाई अन्य क्षेत्रीय आर्थिक मञ्चहरु जस्तो आशियन तथा यूरोपियन यूनियनजस्तो सशक्त संस्थाको रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

पाकिस्तानमा हुन लागेको सार्क समिटमा खासगरी सार्क क्षेत्रको व्यापार अभिवृद्धि, पूर्वाधारमा लगानी विस्तार, उर्जा विकासमा सहकार्य, दोहोरो करमुक्त सम्झौता तथा क्षेत्रीय लगानी सम्बन्धी सन्धी, सार्क औद्योगिक पार्क निर्माण लगायतका विषयलाई प्राथमिकताका साथ उठाउन पहल गरिने भएको छ ।

सार्क चेम्बरको प्रतिनिधिमण्डलले वैशाख ६ गते भारतको भ्रमण सम्पन्न ग¥यो । सो अवसरमा सार्क राष्ट्रहरु बीच क्रस बोर्डर टे«डको प्रवद्र्धन, लगानी अभिवृद्धि खासगरि औद्योगिक क्षेत्रमा लगानी सहयोग, अन्तर क्षेत्रीय व्यापार अभिवृद्धि, आर्थिक तथा व्यापार सहयोग बढाउन सदस्य राष्ट्रहरुमा स्वतन्त्रतापूर्वक आवात जावतको सुविधा, यूवा उद्यमशीलता प्रवद्र्धन, सार्क औद्योगिक पार्क स्थापना, सार्क सीइओ फोरमको गठन लगायतमा जोड दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जेठ २० गते माल्दिभ्सको भ्रमणमा सार्क उवासंघका दुई वर्षे कार्ययोजनाका विषयम विस्तृत छलफल भयो । क्षेत्रीय अन्तरसम्बन्ध विस्तार, उर्जा सहयोग, क्रस वोर्डर इन्भेष्टमेन्ट तथा व्यापार प्रवद्र्धन लगायतमा छलफल भयो ।

श्रीलंका भ्रमणको अवसरमा सिंगो दक्षिण एशिया क्षेत्र नै पर्याप्त उर्जाका लागि भौतारी रहेकाले सो को परिपूर्ति गर्न यस क्षेत्रमा रहेको सम्भाव्यतालाई अधिकतम विकास गर्नुपर्नेमा जोड दिइयो । त्यस्तै, सदस्य राष्ट्रहरुबीच स्वतन्त्र आवागमन, अवरोध रहितको व्यापार प्रणालीको विकासमा जोड दिएको वैद्यले बताए । उनका अनुसार यस क्षेत्रमा निजी क्षेत्रबाट गठित सार्क उद्योग वाणिज्य संघ जस्ता स्वतन्त्र निकायको अझ बढी भूमिका रहेको खाँचो औंल्याइयो ।

यस बीचमा नयाँ नेतृत्वले केही महत्वपूर्ण क्षेत्रहरुमा कार्य गर्न सम्बन्धित देशमा कार्यरत केही मुख्य संस्थाहरु सावती नेपाल, आइपीएस श्रीलंका, एसडीपीआई पाकिस्तानसँग सहमतीपत्रमा हस्ताक्षर गरेको छ ।

सार्क चेम्बरका क्षेत्रीय कार्यालयहरु स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म कोलम्वोमा कार्यालय स्थापना भइसकेको छ भने भारतको मुम्वईमा आगामी अक्टोवरमा स्थापना गर्ने अन्तिम तयारी भैसकेको छ भने बंगलादेशमा शाखा खोल्ने करिव सवै तयारी सकिएको छ । बाँकी देशहरुमा पनि छिट्टै शाखा विस्तार गर्ने वैद्यले बताए ।
यसैगरि पाकिस्तानको फरिदावादमा सार्क औद्योगिक पार्क स्थापना गर्ने सम्बन्धमा पाकिस्तान सरकारसंग एमओयू भैससकेको छ ।

अध्यक्ष वैद्यले क्षेत्रीय लगानी कसरी बढाउने, तेस्रो मुलुकबाट कसरी लगानी भित्राउने भन्ने विषयमा पनि छलफल भइरहेको बताए । त्यस्तै, नेपालको कर्णाली चिसापानी प्रोजेक्टलाई अगाडि बढाउने पनि उनको भनाई छ । सार्क क्षेत्रको पर्यटन विकासमा पनि चेम्बरले विशेष जोड दिने छ ।

सार्कमा आवद्ध ८ वटा मुलुकबाट २०/२० वटा परियोजना पहिचान गरी सार्क मुलुकसहित विश्वभरबाट लगानी आकर्षित गर्न खोजेको अध्यक्ष वैद्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment