+
+

राप्रपाले मन्त्री फिर्ता बोलायो, अविश्वासको प्रस्तावको पक्षमा मत दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ८ गते १७:०६

Pashupati-Shamser८ साउन, काठमाडौं । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला राप्रपाले समर्थन फिर्ता लिएको हो ।

राप्रपा संसदीय समितिका अध्यक्ष एवं वरिष्ठ नेता पशुपति शम्शेर जबराको अध्यक्षमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकमा सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । साथै संसदमा छलफलका क्रममा रहेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।

RPP

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?