Comments Add Comment

एनसेल र जल तथा मौसम विभागबीच बाढी पहिरोको पूर्वसूचना पठाउने समझदारी

dav

१० साउन, काठमाडौं । बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने एनसेलका ग्राहकहरुले अब सम्भावित बाढी र पहिरोबारे आफ्नै मोबाइलमा एसएमएसमार्फत पूर्वसूचना पाउने भएका छन् ।

एनसेलले जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी प्राप्त भई सुरक्षित रहन तथा जनधनको क्षति हुनबाट बच्न मद्दत गर्नेछ ।

पूर्व चेतावनी प्रणली सम्बन्धित समझदारी पत्रमा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र जल तथा मौसम विज्ञान विभाuका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरे । समझदारी अनुसार एनसेलले अबदेखि बाढी र पहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमलाल गायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउने छ ।

नदीमा पानीको सतहको स्थिती अनुसार जल तथा मौसम विज्ञान विभागले भिन्नाभिन्नै एसएमएस कन्टेन्ट एनसेललाई दिनेछ र त्यही अनुरुप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गर्नेछ । जल तथा मौसमको अवस्थाको बारेमा जानकारी राख्ने जल तथा मौसम विज्ञान विभागले एनसेललाई नदीमा पानीको बहाब र सहतको अवस्थाअनुसार एसएमएस पठाउन जानकारी दिने र त्यस अनुसार एनसेलले तत्काल सर्टकोड ११५५ बाट एसएमएस पठाउने छ ।

पानीको सहत खतराको तहभन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्नेछन् । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउने छन् ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिकउत्तरदायित्वअन्र्तगतजलतथामौसम विज्ञान विभागसँग यस प्रणालीमा सहकार्य गरेको हो । ‘बाढी तथापहिरो आउनु अगावै एसएमएस मार्फत पठाईने पूर्वसूचनाले सुरक्षित रहनतथाजनधनको क्षतिलाई घटाउन मद्दत गर्नेछ’ पर्किन्सले भने– ‘यो नयाँ कार्यमा साझेदारी गर्न पाउँदा हामी हर्षित छौ ।’

हरेक बर्ष बाढी तथा पहिरोका कारण जनजीवन तथा ठूलो मात्रामा धनसम्पतिको समेत क्षति हुने गरेको छ । ‘एनसेलसँगको यो सहकार्यले जोेखिमयुक्त ठाउँहरुमा बसोबास गर्ने मानिसलाई सुसुचित हुन र सुरक्षित रहन मद्दत गर्ने छ’ विभागका महानिर्देशक शर्माले भने– ‘यो एकदमै राम्रो शुरुवात हो, आउँदा दिनमा हामी अरु जोखिम भएका ठाउँमा पनि यो प्रणाली लागु गर्नेछौं ।’

हाललाई यो पूर्वसूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमा पहिचान गरिएका ४२ वटा तटिय क्षेत्रहरुमा लागू गरिएको छ । बाढी पहिरोको जोखिमका आधारमा उक्त स्थानका वासिन्दालाई एनसेलले विभागले पठाएको सूचना एसएमएस मार्फत पठाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment