अष्ट्रेलिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाले मदन पुरस्कार बिजेता चर्चित युवा साहित्यकार अमर न्यौपानेलार्इ सम्मान गरेको छ ।
सिड्नीको रकडेलस्थित टिमुर नेप्लिज क्युसिनमा साँझ ६ बजे देखी आरम्भ भएको अनेसास-अमर-रात्रिभोजमा करिब १० बजे राति सम्म पूर्णतया साहित्यिक माहोलमा रमेको थियो।
अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार न्यौपानेलाई अभिन्नदन गरियो ।न्यौपानेले नेपाली साहित्यमा गरेको योगदानको उच्च कदर गर्दै उनलाई अभिन्नदन गरिएको हो।
अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमिरे र अनेसासका पुर्व अध्यक्ष महेन्द्र पौडेले संयुक्त रुपमा सम्मान पत्र र खादा लगाई सम्मान गरेका थिए।
कार्यक्रममा साहित्यकार न्यौपानेले मदन पुरस्कार प्राप्त सेतो धरतीका केहि अंशहरु सुनाएका थिए । कार्यक्रममा बोल्दै साहित्यकार न्यौपानेले प्रवासको यो व्यस्त समयमा पनि नेपाली साहित्यलाई माया गर्ने सम्पूर्ण साहित्यकारहरुप्रति अाभार प्रकट गरे ।
सरल स्वभावका, साहित्यिक मिष्ठान्नका भण्डार, शालीन व्यक्तित्व न्यौपानेले आफ्नो धाराप्रवाह साहित्यिक प्रस्तुतीबाट सबैलाई मन्त्रमुग्ध बनाई सबैको ध्यान आफुप्रति केन्द्रित गराएका थिए । बहु-प्रतिभाका धनि अमर न्यौपाने एक चर्चित आख्यानकार, कवि, उपन्यासकार र कथाकार मात्र नभएर एक कुशल चित्रकार पनि हुन्।
कार्यक्रममा एनआरएन अष्ट्रेलियाकी संरक्षक इन्द्रा वन, डा नारायण प्रधान, अनेसास अष्ट्रेलियाका पूर्व अध्यक्ष महेन्द्र पौडेल, साहित्यकार सुर्यप्रकास जमरकटेल, समाजसेवी युवराज भट्टराई, दिवाकर काफ्ले, साहित्यकार हरु निष्प्रभ सजी, सुरेन्द्र दवाडी, आलोक कोईराला, गजलकार जितेन्द्र मल्ल लगायत थुप्रै साहित्यकार तथा साहित्यप्रेमीको सहभागिता थियो। कार्यक्रममा उपस्थित सबै साहित्यकारहरुले आ-आफ्नो रचना सुनाएका थिए।
अनेसास अष्टेलियाकी अध्यक्ष सानु घिमीरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने र साहित्यलाई माया गरेर कार्यक्रममा उपस्थिति जनाउने सबैप्रति आभार प्रकट गर्दै धन्यबाद व्यक्त गरिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4