Comments Add Comment

घडीको विज्ञापनमा किन बजेको हुन्छ १०ः१० ? कारण यस्तो छ

watchतपार्इँले घडीका धेरै विज्ञापनहरु संचारमाध्यममा देख्नु भएको छ होला । यसरी विज्ञापन हेर्दा घडीको रुपरंग, आकार प्रकार तथा मूल्यमै तपाइँको ध्यान जान्छ ।

शो रुममा घडी किन्न जाँदा पनि डिस्प्लेमा राखिएका घडीमा कति बजेको छ भन्ने कुरामा ध्यान जाँदैन, त्यो घडीको स्वरुप र मूल्य ट्यागमा ध्यान जान्छ । तर यदि तपाइँले ख्याल गर्नुभएको छ भने यसरी विज्ञापनमा राखिने घडीमा चाहे जति नै बेला किन नहोस् त्यो घडीमा १० बजेर १० मिनेट गएको हुन्छ । आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ? यसको कारण छ ।

घडीमा दश बजेर दश मिनेट गएको समयमा घण्टा सुइ र मिनेट सुइको अवस्था यस्तो ठाउँमा हुन्छ जसले हाँसेको मानिसको मुखाकृति जस्तो देखाउँदछ । चित्रमा बनाइने हाँसेको मुखाकृति जस्तै घडीको सुइले बनाइदिन्छ । सायद हँसिलो स्वरुप देखाउनका लागि पनि विज्ञापनका घडीमा दश बजेर दश मिनेट बनाइएको हुन्छ ।

ऋर्को कारण हो, विजयको सूचक । दश बजेर दश मिनेट जाँदाको अवस्थामा घण्टा सुइ र मिनेट सुइ अंग्रेजी अक्षर भी को आकारमा हुन्छ । भी को अर्थ भिक्ट्री अर्थात् विजय भन्ने हुन्छ । सायद सबैभन्दा सर्वेश्रेष्ठ घडी यहीँ हो भन्ने कुरा देखाउनका लागि हुनसक्छ यसो गराइएको ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने घडीभित्र लेखिएको ब्राण्डको नाम तथा लोगो प्रष्ट रुपमा देखाउनका लागि समेत दुबै सुइलाई यसरी माथि राखिएको हुनसक्छ ।

क्तिपयका अनुसार जब पहिलोपटक वैज्ञानिकहरुले घडी बनाए तब ठ्याक्के दश बजेर दश मिनेट गएको थियो । त्यसैलै घडीको डिफल्ट समय नै दश बजेर दश मिनेट बनाइएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment