१४ साउन, काठमाडौं । भारत उत्तर प्रदेशको मैनपुरी जिल्लामा पन्ध्र रुपैयाँ उधारो नतिरेपछि पसलेले दलित दम्पतीको हत्या गरेका छन् ।
भारतीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार पसले माथिल्लो जातका हुन् । र, उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘द इन्डियन एक्सप्रेस’ ले प्रहरीलाई उद्धृत गर्दे लेखेको छ, दलित दम्पतीले केहि दिन पहिला पसलेसँग विस्कुटको प्याकेट किनेका थिए जसको मूल्य १५ रुपैयाँ पर्छ । समाचार अनुसार यो घटना भएको स्थानबाट प्रदेशका मुख्यमनत्री अखिलेश यादवको गाउँ सैर्फइबाट चार किलोमिटर टाढाँ पर्छ ।
हिन्दुस्तान टाइम्सका अनुसार घटनासँगै मैनपुरीको लखीमपुर गाउँमा पीएसी परिचालन गरिएको छ । गिरफ्तार पसलेलाई हत्या र जातिय विभेदको मुद्दा दर्ता गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4