Comments Add Comment

मधेसी मोर्चाको मागबारे सहमति खोज्न कार्यदल गठन

Cong-mao-morcha

१५ साउन, काठमाडौं । मधेसी मोर्चाको मागबारे सहमति खोज्न तीन दलका नेताहरु संलग्न ९ सदस्यीय कार्यदल गठन गरिने भएको छ ।

नयाँ सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शनिबार मधेसी मोर्चासँग छलफल गरेको थियो । सिंहदरबारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकमा ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।

कार्यदलमा कांग्रेस, माओवादी र मधेसी मोर्चाबाट ३/३ सदस्य रहने छन् ।

मधेसी मोर्चाले आफ्ना मागबारे प्रष्ट सहमति भएमा मात्र प्रधानमन्त्री चुनावमा मत दिने बताएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने सरकारमा जाने नजानेबारे प्रश्नै नउठेको बताए ।

नेताहरुका अनुसार कार्यदलले सरकार गठन भन्दा अघि गरिने संयुक्त सहमतिका विषयवस्तुको मस्यौदा तयार पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment