Comments Add Comment

हजार्डले दुई गोल गरे, तर चेल्सीको हार टरेन

Marcelo

१६ साउन, काठमाडौं । इडेन हजार्डले प्रि सिजनको पहिलो खेलमा नै दुई गोल गरेका छन् । तर, उनको टिम चेल्सी १ लाख ५ हजार ८२६ दर्शकका अगाडि रियल मड्रिडसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

युरोपियन च्याम्पियन रियल मड्रिडले मार्सेलोको गोलबाट अग्रता लिएको थियो । २६ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिममा मारिएनो डिएजले गोल गरे र रियलले ३-० को अग्रता लियो ।

दोस्रो हाफमा चेल्सीले सुधारिएको प्रदर्शन गर्यो । हजार्डले खेलको अन्त्यतिर दुई गोल गरे पनि टोलीका हार भने टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment