Comments Add Comment

एनआरएन सम्मेलनमा दृष्टिबिहीन अनुजाको भावुक प्रस्तुति

Anuza-Gautam

कोपनहेगन । चितवनकी दृष्टिबिहीन किशोरी अनुजा गौतमले जीवनमा नसोचेको सफलता १५ मिनेटको बीचमा हासिल होला भनेर सोचेकी थिइनन् ।

तर कोपनहेगनमा भएको नोवौं एनआरएनए युरोपीयन क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन उनको अपाङ्गता भएको जीवनमा ठुलो परिवर्तन ल्याइदिने निश्चित भएको छ । अपाङ्गता भई पीडामा परेका उनको उद्देश्य प्राप्तीमा केहि आशा जगाएको छ कोपनहेगन सम्मेलनले ।

बिक्रम सम्वत् २०५६ साल बैशाख ७ गते हटिया ४ गल्कोटमा जन्मेर हाल चितवनको भरतपुर नगरपालिका बडा नम्बर १४ नारायण पुरमा बस्दै आएकी अनुजा दृष्टिबिहीन हुन् ।

उनले एनआरएन सम्मेलनमा कोपनहेगनको हिल्टन होटलमा गरेको १५ मिनेटको प्रस्तुतिले सम्मेलन स्तब्ध मात्र बनेन मानवीय कार्यमा सहयोग गर्नमा एनआरएनका अभियान्ताहरु कति संवेदनशील छन् भन्ने समेत देखाइदिएको छ । अनुजाको प्रस्तुति लगत्तै अनुजाको अभियानमा साथ दिँदै जव एनआरएन संस्थापक अध्यक्ष उपेन्ऽ महतोले ५ हजार डलर दिने घोषणा गरे, लगत्तै अनुजाको सपनाले साकार रुप लिन थाल्यो ।

तिनै अनुजाले गरेको पन्” मिनटको प्रस्तुतिले क्षणभरमै तीस लाख रुपैयाँभन्दा बढी सहयोग रकम उठेको छ । सो रकम उनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने बताएकी छन् । उनले गरेको प्रस्तुतिमा अपाङ्गता भएका व्यक्तिहरुले के के गर्न सक्छन त ? भन्दै विश्वभर अपाङ्गता भएका व्यक्तिहरुको गरेको महान कार्यको उदाहरण दिएकी थिइन् ।

संस्थापक अध्यक्ष महतोले घोषणा गरे लगत्तै संघका अध्यक्ष शेष घलेले ३ हजार डलर, पुर्व अध्यक्ष जीवा लामिछानेले ३ हजार डलर, राम थापाले २ हजाार डलर उपाध्यक्ष कुमार पन्तले १ हजार डलर, युरोप संयोजक कुल आचार्यले १ हजार डलर, दिल गुरुङले १ हजार डलर हुँदै सहयोग गर्नेहरुको लहर नै चलिरहेको छ । यसैबीच डेनमार्कबाट पत्रकारिता गरिरहेका पत्रकार शशीकुमार ढकालले अनुजाको सपनालाई साकार पार्न १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सुबोर्ण दत्त गौतम र कल्पना शर्मा गौतमकी जेठी छोरी अनुजा गौतम डेनमार्क आएको दुइवर्ष पनि पुगेको छैन । दृष्टि कमजोर भएकी उनको स्कुले शिक्षा चितवन होलिभिजन माध्यामिक बिद्यालय पछि पोखरा अमरसिह उच्च माबि पोखरामा २ देखि ४ कक्षासम्मको अध्ययन पश्चात काठमाडौ ल्याबरटोरी उच्च माबिमा -४ कक्षा देखि ब्रेलमा सुरु गरेको अग्रेजी माध्यममा) ९ कक्षा पढ्दा पढ्दै डेनमार्क आएकी हुन् ।

हाल उनी डेनमार्कमा स्थानीय डेनिश भाषा सिकेपछि उनले यहींको भाषामा ब्रेल लिपिमा आˆनो पढाईलाई निरन्तरता दिने बताएकी छन् । आˆनी छोरीलाई हौसला दिएको देखेर आमा कल्पना शर्मा गौतम सम्मेलन स्थलमै निकै भावुक बनीन् । छोरीले प्रस्तुति यस्तो होला भनेर नसोचेको पनि उनले बताइन् । दुइ छोरीमध्ये जेठी अनुजालाई घरमा खुवाउने, कपडा लगाइदिने, घुमाइदिने लगायतका कार्यहरु उनकी बहिनीले गर्दै आएकी छन् ।

डेनमार्कमा हुने विविध कार्यक्रमहरुमा अनुजाले निकै भावुक खालका कविताहरु बाचन गर्ने गर्छिन् । अनुजाको उद्देश्य नेपालमै अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुर्‍याउने र आर्थिक अभाव भएका अपाङ्गहरुलाई उनीहरुको शिक्षामा सहयोग पुर्याउनु रहेको छ ।

यो अभियानलाइ उनले ‘कलरफुल स्याडो मुभमेन्ट’ नाम दिएकी छन् । यो अभियान एनआरएन डेनमार्क युथ फोरमले चलाएको ‘होप इनिसिएट’ अन्तर्गतको भएको एनआरएन डेनमार्कका युथ कोअर्डिनेटर प्रशान्तराज बानियाँले बताए । अब कार्यक्रमलाइ प्रभावकारी रुपमा अगाडी बढाइने समेत युवा संयोजक बानियाँ बताउँछन्।

अनुजाले प्राप्त सहयोगबाट दृष्टिबिहीन जयराम लामिछानेलाई उच्च शिक्षाको लागि अमेरिका पठाउने उनको पहिलो योजना रहेको छ । काठमाडौमा गोल्डेनगेट ईन्टरनेशनल कलेजबाट ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट प्लस टु सम्पन्न गरेका लामिछाने हाल आर्थिक अभावले लक्षमा पुग्न सकेका छैनन् । अमेरिकामा पढ्न चाहेको कलेजले उनलाई अनुमती दिइसकेको छ जसअनुसार उनले नौ महिनाको कोर्स गर्नुपर्नेछ । लामिछानेलाई आर्थिक सहयोग गरेर अमेरिका पुर्‍याउन सके उनी आँफैले आˆनो भाग्य निर्माण गर्ने अनुजाको कथन छ ।

त्यसैगरी अनुजाले सहयोग गर्न चाहने अर्का अपाङ्ग व्यक्ति हुन् गौतम पोखरेल । काठमाडौ हिमालयन हृयाइटहाउस कलेजबाट बिज्ञान बिषयमा ८२ प्रतिशत ल्याएर प्लस टु उत्तिर्ण पोखरेल उच्च शिक्षाका लागि अमेरिका पढ्न चाहेको तर आर्थिक अभावले जान सकेका छैनन् । यस्तै अर्का अपाङ्ग व्यक्ति हुन् सौगात वाग्ले जो ए प्लस ल्याएर हालै एसएलसी पास गरेका छन् तर आर्थिक अभावको कारण कलेज भर्ना हुन सकेका छैनन् ।

यी तीनजना अपाङ्गलाई चाहे जस्तो शिक्षा दिन सके उनीहरुको जीवनमा परिवर्तन मात्र आउने नभई अपाङ्गहरुले पनि अवसर पाए गर्न सक्ने उदाहरण पेश गर्नु अनुजाको उद्देश्य हो । अनुजाको सोचाई १५ बर्ष सम्म उनले जति दुख पाइन् त्यो दुख अरुले नपाउनु भन्नु नै हो । अपाङ्गता भएका बालबालिकाहरु कोहि पनि अवसरबाट बञ्चित नहुन् भनेर गर्न लागेको उदाहरणीय कार्यमा सबैको साथ् र सहयोगको अपेक्षा गर्दै उनले आँफु सफल हुनेमा विश्वस्त देखिन्थिन् ।

युथ फोरम डेनमार्कबाट सहयोग गर्ने यदि सम्भव भयो भने नेपालमा पनि भावाना भएको समूह खोल्ने प्रस्ताब गर्ने उनले राख्ने भएकी छन् । अनुजाको प्रस्तुति सकिए लगत्तै एनआरएन अध्यक्ष शेष घलेले उनलाई ‘लाईभटाईम एनआरएनए योङ्ग एम्बेसेडर’ बनाउने प्रस्ताव गरे पछि सम्मेलन स्थलमा तालिबाट अनुमोदन भएको थियो ।

संस्थापक अध्यक्ष उपेन्ऽ महतोले दृष्टीविहीन छोरीले हाम्रो मनको आँखा खोलिदिएको भनेर भन्दै गर्दा हलभरी ताली बजेको थियो । ठुलो रकम उठेपछि मञ्चबाट अनुजाले भनिन्, ‘कल्पना पनि गरेको थिइनँ तर गर्छु भन्ने आँट त थियो, धन्यबाद दिन चाहन्छु सबैलाई तपाईंको सहयोग साथलाई धन्यबाद, भोलि पनि यस्तै सहयोग र साथको अपेक्षा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment