+
+
Shares

लागूऔषध नियन्त्रण गर्न नेपाल-भारत सीमामा तालिमप्राप्त कुकुर

जमुनाह नाकामा बाँके प्रहरीले 'डग स्क्वाड' खटायो

आरपी सुवेदी आरपी सुवेदी
२०७३ साउन १७ गते १५:३३

Dog Squad Nepalgunj (1)

१७ साउन, नेपालगन्ज । बाँके प्रहरीले सीमा क्षेत्रमा विषेश तालिम प्राप्त कुकुर ‘डग स्क्वाड’ परिचालन गरेको छ । सीमा क्षेत्रबाट लागु औषध ओसार पसार हुने गरेकाले त्यसलाई रोक्न प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको हो ।

सो कार्यको सुरुवात नेपाल-भारत सीमा क्षेत्रको जमुनाह नाकाबाट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले सीमा क्षेत्रबाट अत्याधिक मात्रामा अबैध लागू औषध भित्रिन थालेपछि त्यसलाई नियन्त्रण गर्न लागू औषधमा विषेश तालिम प्राप्त कुकुर ‘जमुना’ सेतो र ‘हिरा’ हल्का कालो रातोलाई सोमबार बिहानदेखि परिचालन गरेको जानकारी दिए ।

उनले भने, ‘ब्राउन सुगर, कोरेक्स, नाइट्रोजोपाम जस्ता प्रतिबन्धित लागुऔषध सीमापारी निर्वाध रुपले कारोबार हुने तथा सीमा क्षेत्रबाट ओसारपसारको अवस्थालाई नियन्त्रण गर्नको लागि ‘डग स्क्वाड’ परिचालन गरेका छौं ।’

Dog Squad Nepalgunj (3)

प्रहरी नायव निरीक्षक बासुदेव सुवेदीको कमाण्डमा रहेको ‘डग स्क्वाड’ले लागू औषधको ओसारपसार हुने स्थानमा निगरानी तथा जाँच गर्ने छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा सोमबार बिहान ८ बजेसम्म रहेका ४६ जना थुनुवामामध्ये ३७ जना लागु औषध सम्बन्धी मुद्दाका आरोपी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०७२/०७३ मा लागु औषधमा ७८ वटा मुद्दा दर्ता गरेको र सो मुद्दामा १ सय ८ जना पक्राउ गरेको जनाएको छ । सो अवधीमा ५ सय ७८ दशमलम ६१ ग्राम ब्राउन सुगर, ३० दशमलम २ किलो चरेस, अफिम ५ किलो, कोरेक्स ३ लिटर र नाईट्रोजोपम ९ सय ३४ ट्याबलेट बरामद भएका छन् ।

Dog Squad Nepalgunj (2)

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाका इञ्चार्ज प्रहरी निरीक्षक बिरबहादुर थापाका अनुसार चालु महिनामा लागु औषधका मुद्दा २३ र ती मुद्दामा ३९ जनालाई पक्राउ गरिएको छ ।

सोमबार विहान इलाका प्रहरी कार्यलय जमुनाहको सक्रियातामा नाकामै भारतबाट आउने तथा तथा भारत जाने यात्रुको ‘डग स्क्वाड’ले जाँच सुरु गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रमोद क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?