Comments Add Comment

एक्लो उम्मेदवार भएपनि प्रचण्ड निर्विरोध प्रधानमन्त्री नबन्ने

Prachand-and-Sherbahadur-Deuwa

१८ साउन, काठमाडौं । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, मधेसी मोर्चाका उपेन्द्र यादवसहितका दलका नेताहरुसहित पुगेर प्रचण्डले उम्मेदवारी दर्ता गराए । उनलाई कांग्रेस, मधेसी मोर्चा, राप्रपा, फोरम लोकतान्त्रिक र साना दलको समर्थन गर्ने प्रष्ट भएको छ ।

प्रचण्डले उम्मेदवारी दर्ता गरेको केहीबेरमा नेकपा एमाले स्थायी समितिको बैठक सकिएको छ र एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

सोमबारसम्म एमालेले उम्मेदवारी दिने तयारी गरेको थियो । र, वामदेव गौतम र सुवास नेम्वाङको नाम चर्चामा थियो । तर, स्थायी समितिले उम्मेदवारी नदिने निर्णय गर्‍यो ।

अब प्रधानमन्त्रीमा प्रचण्डको मात्र उम्मेदवारी पर्ने सम्भावना बढेको छ । यद्यपि उम्मेदवारी दर्ताको समय दिउँसो ४ बजेसम्म छ ।

यदि प्रचण्डको मात्र उम्मेदवारी परेमा पनि उनी निर्विरोध प्रधानमन्त्री नबन्ने भने बन्ने छैनन् ।

प्रधानमन्त्री निर्वाचनका लागि संसद बैठक भोलि बुधबार विहान ११ बजे बोलाइएको छ ।

संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार एकजना मात्र उम्मेदवार भएपनि प्रक्रियामा लैजानु पर्ने व्यवस्था नियमावलीमा छ । उनले भने, ‘बहुमत छ भनेर देखाउनुपर्छ । यसका लागि हुन्छ र हुन्न भनेर मतदान हुन्छ ।’

यो व्यवस्थाले उम्मेदवारी नदिएपनि एमालेसहितका दलहरुले प्रचण्डको विपक्षमा मतदान गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment