Comments Add Comment

विदेशमा अध्ययनका लागि एक वर्षमा साढे ३२ हजार विद्यार्थीले लिए नो अब्जेक्सन लेटर

१९ साउन, काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् ।

fake-studentजसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ । शिक्षा मन्त्रालय नो अब्जेक्सन सर्टिफिकेसन शाखाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ३२ हजार चार सय ८२ विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका नयाँ पत्रिका देनिकमा समाचार छ ।

राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन (सिएमएफएस) अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ ।

शिक्षा मन्त्रालयमा गत आर्थिक वर्ष साउन महिनाबाहेकको ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थीले अस्ट्रेलिया, जापान र अमेरिकालाई प्रमुख गन्तव्य बनाएका छन् । ११ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लगेका छन् । जापानका लागि पाँच हजार चार सय ९१ र अमेरिका अध्ययनका लागि चार हजार सात सय २६ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या प्रत्येक वर्ष बढ्दो छ । ०६८/०७९    मा १० हजार तीन सय २४ रहेकामा यो संख्या बढ्दै ०६९/०७० मा १६ हजार पाँच सय चार, ०७०/०७१ मा २८ हजार एक सय २६, ०७१/०७२ मा ३० हजार ६ सय ९६ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका थिए । आव ०७२/०७३ मा यो संख्या बढेर साढे ३२ हजार पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment