Comments Add Comment

गच्छदार र थापालाई मन्त्री नबनाउन मोर्चाको दबाब

Kamal-Thapa-and-Bijaya-Gachhadar

१९ साउन, काठमाडौं । मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल र लोकतान्त्रिक फोरमलाइृ नल्याउन अनौपचारिक रुपमा दबाब दिएका छन् ।

उनीहरुले कमल थापा र विजय कुमार गच्छादारलाई मन्त्री बनाए सरकारमा सहभागी नहुने सर्त समेत राखेको स्रातको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टेलिफोन गरी सरकारमा आउन आग्रह गरेका थिए । उनले थापालाई वर्तमान सरकारमा सम्हालेको जिम्मेवारीकै हैसियत दिन तयार रहेको बताएका थिए । राप्रपा नेपालले सरकारमा जाने की नजाने भनेर निर्णय गरेको छैन । गच्छदारको पार्टीले भने सरकारमा जाने निर्णय गरिसकेको छ ।

मधेसी मोर्चाका नेताले प्रचण्डलाई सरकारमा ल्याए आफूहरु सरकारमा नजाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment