Comments Add Comment

प्रचण्डको विपक्षमा मतदान गर्ने राप्रपा नेपालको निर्णय

Kamal Thapa

१९ साउन, काठमाडौं । १९ साउन, काठमाडौं । संसदको चौथो ठूलो दल राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदमा आज प्रधानमन्त्री निर्वाचन हुँदैछ । र, प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्र उम्मेदवारी परेको छ ।

प्रधानमन्त्रीका उम्मेदवार प्रचण्ड केपी ओली सरकार जस्तै स्थान दिने भन्दै समर्थनका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापासमक्ष प्रस्ताव राखेका थिए । तर, राप्रपा नेपालको बुधबार बसेको कार्यसम्पादन र संसदीय दलको बैठकले प्रचण्डलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

‘देशको सर्वोपरी स्वार्थ र पार्टीको नैतिक चरित्र, राष्ट्रवादी संस्कार, आदर्श एवं सिद्धान्तलाई महत्व र प्राथमिकता दिँदै आज हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारीको विपक्षमा मतदान गर्ने बैठकले निर्णय गरेको छ’ बैठकपछि प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्डलाई मत नदिन राप्रपालाई आग्रह 

राप्रपा नेपालले पार्टी एकताको प्रक्रियामा रहेको राप्रपालाई पनि प्रचण्डलाई मत नदिन आग्रह गरेको छ । ‘देशभरीका पार्टीका कार्यकर्ताको भावना अनुरुप राप्रपा नेपाल र राप्रपालाई एकीकृत गरी रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न राप्रपालाई बैठकले आग्रह गरेको छ, विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले भने यसअघि नै प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई समर्थन गर्ने बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment