Comments Add Comment

बैंकमा जागिर खाने हो ? मेगा बैंकमा ७७ जनालाई अवसर

mega bank१९ साउन, काठमाडौं । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचनामार्फत जागिरका लागि आवेदन मागेको छ ।

बैंकले २ जना व्यवस्थापक, २९ जना अधिकृत र ४६ जना सहायक स्तरका लागि आवेदन खुल्ला गरेको छ । इच्छुकले भदौं १ गतेसम्ममा आवेदन पेश गरिसक्नुपर्ने छ ।

एक जना मेगा माइक्रो बैंकिङ मेनेजर र एक जना भैरहवा शाखाको लागि शाखा व्यवस्थापक आवश्यक रहेको सूचनामा उल्लेख छ । त्यसैगरी, अधिकृत स्तरका लागि कानुन, कर्जा, मानव संसाधन, पुर्वाधार फाइनान्सिङ लगायतको क्षेत्रका लागि ११ जना मागेको हो ।

अन्तिम छनौटमा परेका प्रतिष्पर्धीहरुले मेगा बैंकको काठमाडौं, नेपालगञ्ज, बिरगञ्ज, पोखरा, बुटवल, भैरहवा, सुनवल, तानसेन, नारायणगढ, तौलिहवा लगायतका क्षेत्रमा रहेका शाखाहरुमा काम गर्नुपर्ने शर्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment