Comments Add Comment

खुसीयालीमा ‘प्रचण्ड देशद्रोही हुन्’ भनेपछि …

Prachanda-PM-1

२० साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो ।

खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गरेका थिए ।

करिब ५० जनाको काराहारीका केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एकजना अर्धनग्न युवा प्रचण्ड देशद्रोही हुन् भन्दै नारा लगाउन थालेको आजको अन्नपूर्णमा समाचर छ ।

माओवादीको वाहीवाही र जिन्दाबाद नारा लागिरहेको बेला शरीरमा प्रचण्ड देशद्रोही हुन्, विकासविरोधी हुन् भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि उनी माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे ।

कार्यक्रममा सहभागीले ती युवालाई माओवादीे कुटपिट गरेपछि प्रहरीले उनलाई सुरक्षित स्थानमा लग्यो । उनले आफू कुनै पार्टीको पनि कार्यकर्ता नभएको बताए । उनले प्रचण्डले भारतीय इसारामा केपी ओली नेतृत्वले भारतीय इसारमा केपी ओली नेतृत्वको सरकार ढलाएर विकासविरोधी काम गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment